राजेन्द्र महतो, लहान । सप्तरीको बोदेबर्साइन नगरपालिका १० खडकपुरबाट प्रहरीले प्रतिबन्धित लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बोदेबर्साइन नगरपालिका १० खडकपुरका ३७ वर्षीय रंजितकुमार यादव रहेका छ्न।
जिल्ला प्रहरी कार्यालय सप्तरी र ईलाका प्रहरी कार्यालय बोदे बरसाईनबाट खटिएको प्रहरीले टोलीले यादवले नै सञ्चालन गरेको कुखुरा फार्मबाट ठुलो परिमाणको लागुऔषध बरामद गरेको प्रहरीले जानकारी दिए ।
प्रहरीले खडकपुर चौकस्थित कुखुरा फार्ममा लुकाएर राखेको अवस्थामा १४४ थान स्पासमो प्रोयभोल ट्याब्लेट, ७० थान नाईट्रोभेट ट्याब्लेट, ३५ थान डाईलेक्स डिसी बोतल, ७ थान डाईजेलप इन्जेक्शन र २ थान नफिङ्ग इन्जेक्शन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता भुवनेश्वर साहले जानकारी दिए ।
पक्राउ परेका यादव माथी थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया