उदयपुर । उदयपुरमा शुक्रबार दिउँसो करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका २ खैजनपुरका दिपक बुढाथोकीकी श्रीमति अन्दाजी ३८ वर्षिय रिता बुढाथोकीलाई पानी तान्ने टुवेलमा जडान गरेको मोटरबाट करेन्ट लागेर मृत्यु भएको हो ।
धान खेतमा पानी लगाउन राखिएको मोटरमा करेन्ट लागेर गम्भिर घाइते भएका थिए । करेन्ट लागेर गम्भिर घाइतेलाई उपचारको लागि जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दिउँसो करिव ३ बजेको समयमा मोटरबाट पानी लगाउन गएकी रिता साँझ ५ बजेसम्म घर फर्किएर नआएपछि श्रीमान्ले खोजतलाश गर्न जाँदा पानी तान्ने टुवेलमा करेन्ट लागेर अचेत अवस्थामा फेला पारेको त्रियुगा नगरपालिका २ का वडाध्यक्ष घमानसिंह खत्रीले बताए । करेन्ट लागेर अचेत अवस्थामा रहेकीलाई उपचारका लागि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वडाध्यक्ष खत्रीले बताए ।
मृतक घर नजिकै करिव ७ सय मिटर फरकमा खेतमा पानी तान्ने मोटरबाट पानी लगाउन जाँदा करेन्ट लागेर अचेत भएको थियो । मृतकको हात, छाती, पेट लगायतको भाग जलेको अवस्थामा फेला परेको वडाध्यक्ष खत्रीले जानकारी दिए ।
मृतकको पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।









