उदयपुर । उदयपुरमा थप १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ५ वर्षिय बालिका देखि ५५ वर्षिय उमेर समूहका रहेका छन् । संक्रमित मध्ये बेलका नगरपालिकामा १० जना, त्रियुगा नगरपालिकामा ३ जना, चौदण्डीगढी नगरपालिकामा एक जना र पालिका नखुलेको १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
बेलका नगरपालिकाका मेयर सहित ६ जनामा कोरोना संक्रमण भएपछि मेयर लगायत अन्य कर्मचारीहरुको कन्ट्राक्ट ट्रेसिङमा रहेका २९ जनाको स्वाब असोज १८ गते संकलन गरेको मध्ये ४ महिलासहित ११ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । संकलित स्वाब कोशी अस्पतालको प्रयोगशालाले संक्रमित पुष्टी गरेको सुवेदीले जानकारी दिए ।
उनका अनुसार बेलकाका संक्रमित २८, २०, २२ र ४४ वर्षिय महिला रहेको छ । ४४ वर्षिय महिला बाराहा नगरपालिकाका घर भई बेलका रामपुरमा बसोबास गर्ने हुन् । यस्तै ३२, ३५, ४२, ४५, ५५, ३० र ५३ वर्षिय पुरुष रहेका छन् ।
त्रियुगा नगरपालिकाका ५ वर्षिय बालिका, ३४ र ५४ वर्षिय महिलाको साथै चौदण्डीगढी नगरपालिकाका २५ वर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टी भएको छ । उदयपुरका कोरोना संक्रमितको संख्या १ सय ४० पुगेको छ ।
यस्तै कोशी अस्पतालले संकलन गरेको स्वाबमा उदयपुरको पालिका नखुलेको एक २५ वर्षिय महिलामा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।









