राजेन्द्र महतो, लहान । कोरोना भाइरसको संक्रमण बढदै गइरहेको र जोखिम कायमै रहेको अबस्थामा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकोले संक्रमणलाई प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि सिरहामा जारी निषेधाज्ञालाई बढाइएको छ।
यसअघि जारी गरिएको निषेधाज्ञाको समय भदौ २७ गते शनिबार राति १२ बजे समाप्त हुने भएकोले असोज १० गते राति १२ बजे सम्मको लागि पुनः थप गरिएको छ।
संक्रमण जोखिम न्युनिकरण गर्दै जनजिवन मा परेको प्रभाव लाई मध्य नजर गरि जन जीवन लाई समान्य तुल्याउनु पर्ने र कोभिड १९ को संक्रमण लाई नियन्त्रण र रोकथाम पनि गर्नु पर्ने भएको ले सिरहा जिल्ला भरी स्थानीय प्रशासन ऐन, २०२० को दफा ६ (३) तथा संक्रमक रोग एन २०२० को दफा ३ र ४ बमोजिम जिल्लाभर असोज १० गते राती १२ बजे सम्म निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताएका छ्न।
अबको निषेधाज्ञाको अवधिमा अत्यावश्यक खाधान्न , ग्यास तरकारी , फलफूल मासु जस्ता सेवा प्रदान गर्ने पसलहरु बिहान ५ बजे देखि दिउसो ३ बजेसम्म संचालन गर्न पाइने भएको छ । त्यस्तै अन्य पसल हरु बिहान ८ बजे देखि दिउँसो ३ सम्म खोल्न पाउने छ।
सिरहामा कोरोना संक्रमणबाट १० जनाको दुःखद निधन भइसकेको छ ।

तपाईको प्रतिक्रिया