उदयपुर । उदयपुरको बेलका नगरपालिका २ तपेश्वरीमा सोमबार ७६ जनाले रक्तदान गरेका छन् । बेलका सामाजिक युवा समूहको बाँधडाँडामा आयोजित रक्तदान कार्यक्रममा ५ महिलासहित ७६ पिन्ट रगत संकलन भएको हो ।
कोरोना कहरका कारण देशका बिभिन्न ठाउँमा विरामीलाई चाहिने रगत अभाव भईरहेको समाचार बाहिरिने गरेकाले रक्तदान कार्यक्रम सञ्चालन गरिएको बेलका सामाजिक युवा समूहका संस्थापक केएस चाम्लिङले बताए ।
रगत अभावमा कसैको ज्योन जोखिममा नपरोस भन्ने उदेश्यले स्थानीय युवा समाजको माध्यामबाट रगत संकलन कार्यक्रम गर्न गरिएको छ ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी धरानले प्राविधिक सहयोग र नगरपालिकाको आर्थिक सहयोग रहेको थियो ।
रक्तदान कार्याक्रम अघि रोगी बिरामीलाई आर्थिक सहयोगदेखि बिद्यालयमा लता कपडा र सिलिङ फेन जडान, आगलागीमा आर्थिक सहयोग, कोभिड १९ मा गरिव विपन्नलाई खाद्यन्न वितरण, दुई हजार पाँच सय माक्स वितरण, त्रियुगा बाढी पीडितलाई सहयोग लगायतको काम गरेको संस्थाका अध्यक्ष युवराज श्रेष्ठले जनाए ।
यस्तै यस युवा समुहले चिल्ड्रेन पार्क निर्माणको काम पनि गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया