उदयपुर । जिल्लाको बेलका नगरपालिकामा थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
संक्रमित बेलका नगरपालिका २ का ४३ वर्षिय पुरुष हुन् । उनी साउन २५ गते भारतबाट नेपाल आएर बेलका नपा ३ को क्वारेन्टाइनमा बस्दै आएका थिए ।
अहिलेसम्म ६ हजार ३ सय ६ जनामध्ये ३० महिला सहित १०६ कोरोना संक्रमित पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । अहिलेसम्म सामुदायमा कोरोना फैलिइसकेको छ । अहिलेसम्म कहाँबाट कोरोना फैलियो भन्ने कन्ट्राक्ट ट्रेसिङ नभएका ३० जनाभन्दा बढी रहेको सुवेदीले जानकारी दिए । बेलका नगरपालिकामा एक वडाध्यक्ष सहित १७ जना, त्रियुगा नगरपालिकामा मालपोत कार्यालयका कर्मचारी सहित १० जना र कटारी नगरपालिकामा श्रीमान श्रीमति सहित दुई जना र ताप्लीमा एक महिला कहाँबाट संक्रमित भएको थियो भन्ने आधार भेटिएको छैन् । कटारी र ताप्लीको उपचारको क्रममा कोरोना पोजिटिभ देखिएको थियो ।
हालसम्म बेलका नगरपालिकामा ३२ जना, त्रियुगा नगरपालिकामा ६० जना, कटारी नगरपालिकामा ७ जना, चौदण्डीगढी नगरपालिकामा २ जना, उदयपुरगढी गाउँपालिकामा २ जना र ताप्ली गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकामा अहिले निशेधज्ञा जारी छ भने उदयपुरगढी गाउँपालिकाले पनि लकडाउन गरेको छ ।

तपाईको प्रतिक्रिया