उदयपुर । प्रदेश १ मा विहिबार थप १ सय १५ जना कोरोना संक्रमित पुष्टी भएको छ । संक्रमित मध्ये मोरङमा ८८, सुनसरीमा १९, इलाममा ४, झापा र उदयपुरमा १–१, प्रदेश १ बाहिरका जिल्लाका २ जना रहेका छन् ।
मोरङको विराटनगरका २२ महिला ३८ पुरुष, बुढीगंगामा २५ पुरुष, कटहरीमा २ महिला १ पुरुष, सुनसरीको इटहरीमा ३ महिला १० पुरुष, दुहवीमा ३ पुरुष, धरान १ महिला र बराहक्षेत्र र राधुनीमा १–१ पुरुष, इलामको सन्दकपुरमा ४ पुरुष, झापाको विर्तामोडमा १ महिला र उदयपुरकी १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय विराटनगरले जनाएको छ ।
उदयपुरका संक्रमित कटारी नगरपालिका ४ जहडीकी २३ वर्षिय महिला हुन् । उनी उपचारको लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान उपचारको लागि गएको समयमा पिसिआर चेकजाँग गर्दा पोजिटिभ देखिएकी छिन् ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ६ सय २६ पुगेको छ ।
प्रदेश १ बाट विहिबार २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या १ हजार ४० पुगेको छ ।

तपाईको प्रतिक्रिया