राजविराज । सप्तरीमा सोमबार कोरोना संक्रमितको संख्या १३ जना थपिएको छ । थपिएसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या १ सय ७३ जना पुगेको छ ।
सोमबार हनुमाननगर कंकालिनीका २ जना, राजगढ गाउँपालिकाका ७ जना, बालनबिहुल गाउँपालिकाका ४ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
यस अघि आइतबार हनुमाननगर कंकालिनी नगरपालिकामा २ जना र शनिबार छिन्नमस्ता गाउँपालिकामा २ र सरुङ्गा नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको थियो । यसअघि सप्तरीमा ७१ जना कोरोनाबाट निको भइ घर फर्किएको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिएका छन् । बाँकी रहेका ८९ जनाको राजविराजस्थित साईकृष्णाको आइसोलेशन केन्द्रमा उपचार भइरहेको जनाइएको छ ।
यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म देशभरमा कोरोना संक्रमितको संख्या ९हजार ५ सय ६१ पुगेको तथा उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने एक २ हजार १ सय ४२ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया