उदयपुर । प्रदेश सरकारको योजनामा निर्मित माडिवास सडक कालेपत्रे हुने भएको छ । चौदण्डीगढी नगरपालिका २ का वडाध्यक्ष सन्तोष सुवेदीले एक कार्यक्रमको विच सडकको शिलान्यास गरेका छन् । अन्तर नगरपालिकाहरु जोड्ने सडक योजना अन्तर्गत ४८ लाख बजेटबाट प्रदेश सरकाको योजना अनुसारमा निर्माण हुने सडकको ४ सय ९७ मिटर लम्वाई र ५ मिटरको चौडाई रहने छ ।
ईतिहासमै पहिलो पटक ग्रामिण भेगमा पनि योजना पार्न सफल भएको भन्दै वडाध्य सुवेदीले खुसि व्यक्त गर्दै प्रदेश संसद विमल कार्की र नगरप्रमुख खगेन्द्र राईलाई धन्यावाद समेत दिए ।
‘सानो हुँदादेखिको ईच्छा आज पुरा भएको छ, अझ यस योजनालाई गन्तव्य सम्म टुंग्याउन सबैसंग आग्रह र अनुरोध गर्दछु ’ वडाध्यक्ष सुवेदीले भने । ‘आफ्नै गाउँघरमा हाम्रै पालामा कालो पत्रेको शुरुवात भएको छ, आगामी दिनमा यो ठाउँको लागि गर्नु पर्ने विकास निर्माणको लागि आफ्नो पहुँज र क्षमताले भ्याउनजल बढाउँदै जाने छु ।’
योजनाको निर्माण कार्यको जिम्मा औतार निर्माण सेवाले पाएको छ । सडक बेल्टार सिटीहल, माडीबास, गंगटे, भोर्लेनी सम्म विस्तार हुने छन् । कार्यक्रममा नेकपा प्रदेश १ का सदस्य राजन किराती (वाँसु), नेकपा नगर अध्यक्ष राजेन्द्र कटवाल, नेपाली काँग्रेसा वडा समिति उपसभापति देवबहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया