उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले ब्यवसायीहरुलाई विभिन्न शिर्षकको करमा छुट दिने घोषणा गरेको छ । कोरोना भाइरस (कोभिड १९) को कारण लकडाउन भई रहेको अबस्थामा यहाँका ब्यापार ब्यवसायहरु सञ्चालन हुन नसक्दा समस्या परेकाले उनीहरुलाई नगरपालिकाले छुट दिने घोषणा गरेको हो । त्रियुगा नगरपालिका ३ भुल्केका २८ जनामा संक्रमित देखिएपछि कोरोनाको केन्द्रबिन्दु बन्न पुगेपछि सिंगो नगरपालिका आतंकित हुन पुगेको भन्दै नगरक्षेत्रका उद्योगी, व्यापार, व्यवसायी र अटो, टेम्पो चालकलाई कर छुट दिने निर्णय गरेको उल्लेख छ । ‘नगरबासी व्यापार, व्यवसायी लकडाउनको चपेटामा परेका बेला आफू पनि बाँचौं र अरुलाई पनि बँचाऔं भन्ने नारासहित चैतदेखि असारसम्मको घरबहाल कर, व्यसायी कर तथा अटो, टेम्पो र रिक्सा चालकलाई पार्किङ शूलक नलिने निर्णय गरिएको छ ।’
त्रियुगा नगरपालिकाद्वारा विभिन्न शिर्षकको करमा छुट दिने घोषणा ।
त्रियुगा नगरपालिकाद्वारा कोरोना विरुद्धको महामारी अभियानमा नगरका सम्पूर्ण उद्योगी, व्यवसायी तथा सवारी पार्किङ, घरबहाल कर सम्ममा छुट दिने घोषणा । यस छुटबारे अरुलाई जानकारी गराउन पेज लाइक गरी शेयर गर्न नभुलौं ।
Gepostet von Nagarik Bahas नागरिक बहस am Mittwoch, 6. Mai 2020
नगरपालिकाको राजश्व परामर्श समितिको निर्णय अनुसार लकडाउनले मर्माहत भएका व्यापारी व्यवसायीलाई राहतस्वरुप चालु आर्थिक वर्षको चैतदेखि असारसम्मको बहाल कर र व्यवसायी कर नलिने निर्णय गरेको नगरप्रमुख बलदेव चौधरीले बताए । उनले भने, ‘यति बेला हामी विश्व ब्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) सँग लडि रहेका छौं । कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लक डाउनका कारण देशको आर्थिक अवस्था धरासायी बन्दै गई रहेको अवस्थामा नगरपालिकाले घर बहाल कर, व्यसायी कर, सवारी पार्किङ शुल्कमा छुटको घोषणा गरेको छ ।’
यस्तै साना मझौला घरेलु उद्योग दर्ता र नबिकरणमा ५० प्रतिशत कर छुटको निर्णय भएको नगर प्रमुख चौधरीले बताए । ‘रिक्सा, अटो र ठेलागाडाको पार्किङ शूल्क आर्थिकवर्ष ०७६÷७७ र ०७७÷७८ सम्मकै नलिने निर्णय पनि नगरपालिकाले गरेको छ ।’ मेयर चौधरीले भने, ‘निर्णयसँगै त्रियुगा नगरपालिकाका सम्पूर्ण घर धनी महानु भाबहरुलाई लक डाउन भरिको घर भाडा छुट गरि दिन पनि आग्रह गरेको छ । ‘लकडाउनले सिर्जना गरेको विषम परिस्थितिमा आम व्यापारी व्यवसायीलाई घरभाडा मात्र नलिए पनि निकै ठूलो सहयोग हुने भएकाले यो आग्रह गर्दछु’ उनले भनेका छन् ।
त्रियुगाले चालु वर्ष घरबहाल करवापत ४५ लाख संकलन हुने प्रक्षेपण गेको थियो । जसमा चैत पहिलो सातासम्म ५० लाखभन्दा बढी राजश्व उठिसकेको छ । राजश्व शाखाका सुब्बा गुरु ढकालका अनुसार घरबहाल करतर्फ चालु वर्षको प्रक्षेपणभन बढी संकलन भईसकेको र पार्किङ शूल्क १७ लाख ७७ हजारमा ठेक्का लागेको छ । आगामी वर्षदेखि पार्किङ शूल्क हटाउनेबारे छलफल भईरहेको पनि उनले बताए ।