उदयपुर । कोरोना इपिसेन्टरको रुपमा परिचित उदयपुरमा थप ४० जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । त्रियुगा नगरपालिका ३ भुल्केका ३३ जना गरी ४० जनाको रिपोर्ट नेगेटिभ आएको हो ।
पछिल्लो चरण भुल्केका कोरोना संक्रमितहरुसँगको सम्पर्कमा रहेका ३३ जनाको स्वाबको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुवेदीले जानकारी दिए ।
यस्तै ताप्ली गाउँपालिकाको २ जना र बेलका नगरपालिका ७ मैनामैनीको रिपोर्ट पनि नेगेटिभ आएको उनले बताए । ताप्लीका २ जना भारतबाट आएका थिए भने मैनामैनीमा भोजपुरको कोरोना संक्रमित युवाको सम्पर्कमा रहेको स्वाब पनि नेगेटिभ आएको छ ।
अहिलेसम्म जिल्लामा थ्रोट स्वाब नमूना संकलन (भिटिएस) विधिबाट ६ सय ६९ मध्ये भुल्केका २८ जनामा कोरोना संक्रमण देखिएको थियो । र्यापिट डाग्नोसिस किट (आरडिटी) मार्फत २ सय ७२ जनाको परीक्षणमा सवैको रिपोर्ट नेगेटिभ आएको छ ।

तपाईको प्रतिक्रिया