राजेन्द्र महतो, लहान । कोरोना भाइरसको कारण सरकारले घोषणा गरेको लकडाउनको मुख्य मार गरिब, मजदूर, ज्यालादारी गरी खाने, भूमिहीन, सुकुमबासी, साहारा विहीन, जेष्ठ नागरिक, अ’पांगता भएको व्यक्तिहरुलाई बढी परेको छ । यद्यपि सरकारले यसरी समस्यामा परेका परिवारलाई उचित राहत वितरण गर्नु भने पनि वास्तविक समस्यामा परेका मानिसहरुले राहत सामग्री पाउन सकेका छैनन् । सिरहाको सुखिपुर नगरपालिकामा राहत नदिएको भन्दै स्थानीय गरिब तथा विपन्न वर्ग का परिवारहरुले नगरपालिकामा ढुङ्गामुढा गरेका छ्न ।
सिरहाको सुखिपुर नगरपालिकाले हाल सम्म राहत वितरणको लागि तथ्यांक संकलनमा पक्षपात गरेको र हाल सम्म राहत नदिएको भन्दै त्यहाका गरिब, विपन्नवर्गका परिवारहरुले राहतको मांग गर्दै नगरपालिकामा ढुङ्गामुढा गरेको स्थानीयले बताएकाछन् ।

सिरहामाराहतमा पक्षपात गरेको भन्दै सुखीपुर नगरपालिकामा गरिव तथा विपन्नद्वारा ढुंगामुढा

सिरहामा राहतमा पक्षपात गरेको भन्दै सुखीपुर नगरपालिकामा गरिव तथा विपन्नद्वारा ढुंगामुढा

Gepostet von Nagarik Bahas नागरिक बहस am Sonntag, 19. April 2020

हाल सम्म सिरहामा ९ वटा नगरपालिका र ८ वटा गाउँपालिका गरी १७ वटा स्थानीय निकाय मध्ये ७ वटा नगरपालिका र २ वटा गाउँपालिका गरी ९ वटा स्थानीय निकायले ले मात्र राहत वितरण शुरु गरेको छ भने ८ वटा स्थानीयलनिकाय ले गरिब, विपन्न,तथा ज्यालादारी गर्ने मजदुरहरुको तथ्यांक संकलन गरिरहेको प्रमुख जिल्ला अधिकारी सरोज गुरागाँइले बताएका छन् ।

तपाईको प्रतिक्रिया