सप्तरी । भारतको राजधानी दिल्लीस्थित बंगलेवाली मस्जिदका नामले चिनिने निजामुद्दिन मरकज मस्जिदमा भएको तबलिकी जमातमा धार्मिकसभामा सहभागी भएर नेपाल आएका सप्तरीका दुई जनामा कोरोना संक्रमण देखिएन । र्यापीड डायग्नोस्टिक टेस्ट (आरडीटी)मा पोजिटिभ रिर्पोट आएका उनीहरुको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा अस्पतालमा गरिएको आरडीटी परिक्षणमा २ जनाको रिपोर्ट पोजिटिभ आएपछि सातैजनाको स्वाब संकलन गरी थप परिक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । धरानमा भएको पीसीआर परिक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।
आरडिटी परिक्षणमा सप्तरीको तिलाठी कोईलाडीका एकजना र खडग नगरपालिकाका १ जनामा पोजिटिभ रिपोर्ट आएपछि उनीहरुको घर रहेको बस्ती बुधबार बिहानबाट सिल गरिएको थियो । यसैबीच मंगलबार आरडीटी परिक्षण गरिएका ७ जनासँगै दिल्लीको तवलिकी जमातबाट आएका अर्का एकजना र अन्य दुईजनाको बुधबार गजेन्द्रनारायण सिंह अस्पतालमा र्यापीड डायग्नोस्टिक टेस्ट गरिएको र रिर्पोट नेगेटिभ आएको छ ।

तपाईको प्रतिक्रिया