कास्की । करिब तीन साताअघि दुबईबाट फर्किएकी ५५ वर्षीया महिलामा कोरोना पोजिटिभ भेटिएको छ।
पोखरा वडा नम्बर १२ का वडाध्यक्ष रामबहादुर कार्कीले यसको पुष्टि गरेका छन्।
र्यापिड डाइगनोस्टिक टेस्ट (आरडीटीं) गर्दा उनमा कोरोना संक्रमित भएको र उनलाई थप परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले पनि यसको पुष्टि गरेको छ। पोखरा महानगरपालिकाका स्वास्थ महाशाखाका अनुसार उनको र्यापिड डाइगनोस्टिक टेस्ट (आरडीटीं) मा उनको रिपोर्ट पोजेटिभ आएको हो।

तपाईको प्रतिक्रिया