उदयपुर । नोवेल कोरोना भाइरस (कोभिड–१९) का आशंका गरिएका उदयपुरमा ७ महिलासहित ७३ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । र्यापिड डाईनोस्टिक टेस्ट (आरडिटी) किट मार्फत ३० जना र स्वाब परीक्षण माफर्त ४३ जनाको कोरोना परीक्षण नेगेटिभ आएको हो ।
जिल्ला जनस्वास्थ्य अधिकृत मोहन सुबेदीका अनुसार स्वाब परीक्षणमाफर्त कटारीमा ३ महिलासहित २६ जना, त्रियुगा नगरपालिकामा ३ महिलासहित १२ जना, चौदण्डीगढीमा एक महिला र लिम्चुङबुङ गाउँपालिकामा ४ पुरुषको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको बताए । सुवेदीले भने, ‘आरडिटी किट मार्फत चौदण्डीगढीमा चार महिला सहित १० जना, त्रियुगा नगरपालिकामा १२ पुरुष र रौतामाई गाउँपालिकामा ८ पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।’
आडिटी प्रविधि विश्वमा भरपर्दो नभएको बताईरहेको अवस्थामा नेपालमा यस प्रविधिमार्फत प्रारम्भिक कोरोना परीक्षण गरिरहेको छ ।
यस्तै कटारी नगरपालिका बेलस्रोतमा रहेको नेपाली सेनाको रणशार्दुल गणको क्वारेन्टाइनमा रहेको २६ जना र त्रियुगा नगरपालिका ३ मोतिगडा क्याम्पसको क्वारेन्टाइनमा रहेका ४ जनालाई घर पठाएका छन् ।
यस्तै पाँच महिलासहित ४९ जना अहिलेपनि क्वारेन्टाइनमा रहेका छन् । चौदण्डीगढीमा २ महिलासहित ६ जना, त्रियुगा नगरपालिकामा ५ पुरुष, बेलकामा १६ पुरुष, रौतामाई गाउँपालिकामा १० पुरुष र लिम्चुङबुङ गाउँपालिकामा ३ महिलासहित १२ जना क्वारेन्टाइनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया