उदयपुर । नोवेल कोरोना भाइरस (कोभिड–१९) का बिरामी रहेको आशंका गरिएका उदयपुरको १३ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । स्वाब परीक्षणका लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएका १३ जना बिरामीको नतिजा नेगेटिभ आएको हो ।
विदेशबाट आएका त्रियुगा नगरपालिकाका आठ जना, बेलका नपाबाट एक जना र लिम्चुङबुङ गाउँपालिका चार जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म उदयपुरमा सबै बिरामीको नतिजा नेगेटिभ आएको बताए । उदयपुरमा क्वारेन्टाइनमा बस्नेको संख्या ६७ पुगेको छ भने विदेशबाट आएका २ सय ७७ जना होम क्वारेन्टाइनमा बसेका छन् ।

तपाईको प्रतिक्रिया