उदयपुर । जिल्लाको चौदण्डीगढी नगरपालिकाले ७० लाख बराबरको आइतबबार बसको नगर कार्यपालिकाको विशेष बैठकबाट विपद् व्यवस्थापन (कोडिभ–१९ रोकथाम) कोष स्थापना गरेको छ । कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गरी कोष खडा गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको समपुरक कोषको १ करोड मध्येबाट ७० लाख कोरोना रोकथाम कोषमा रकमान्तर गरिएको चौदण्डीगढी नगरपालिकाको मेयर खगेन्द्र राईले जानकारी दिए । उनका अनुसार कोष परिचालन सम्पूर्ण सार्वजनिक खरिद ऐन अन्तर्गत संचालन गर्ने बताए ।
कोषको रकमबाट कोरोना महामारीलाई रोक्न लकडाउनको समयमा दैनिक ज्यालादारीमा कामकाज गरि खाने मजदुर र अति विपन्न परिवारहरुलाई दैनिक रुपमा खानाको समस्या नहोस र लकडाउनलाई कुनै प्रभाव नपरोस भन्दै वडाको सिफारिसको आधारमा हाललाई १५ दिनका लागि राहत वितरण गर्ने बैठकले निर्णय गरेको मेयर राईले जानकारी दिए । चौदण्डीगढीमा करिव ७ हजारको संख्यामा दैनिक ज्यालादारीमा काम गर्ने र अतिविपन्न रहेको मेयर राईले जानकारी दिए ।
यस्तै नगरपालिका भित्रका आशंका गरिएका कोरोना संक्रमितको लागि निःशुल्क एम्बुलेन्स सेवा २४ औं घण्टा प्रदान गर्ने निर्णय गरेको छ । विपी कोइराला विज्ञान प्रतिष्ठान धरान लगेवापतको भाडा वापत लाग्ने खर्च नगरपालिकाले व्यहोर्ने छ भने एम्बुलेन्स चालकलाई नगरपालिकाको सिफारिसमा धरान, विराटनगरको लागि ३ सय, काकडभिट्ठाको लागि ६ सय र काठमाडौंको लागि १ हजार प्रत्सहान भत्ता दिने निर्णय समेत गरेको छ ।
नगरपालिकाले स्वास्थ्यकर्मीहरुको लागि व्यक्तिगत सुरक्षा व्यवस्था (पिपिई) उपलब्ध गराईएको छ भने स्वास्थ्यकर्मीहरु कार्यालयमै रहेर जुनसुकै समयमा उपचार तथा परामर्श सेवा पुर्याउने गरी व्यवस्थित गरिएको मेयर राईले जानकारी दिए ।
यस्तै चौदण्डीगढी नगरपालिका, चौदण्डीगढी अस्पताल र रामप्रसाद राई खेलमैदानमा निर्मित सामाजिक भवनमा डाक्टर र अक्सिनजन सहित १७ वटा आइसोलेशन कक्ष र विभिन्न वडा गरी ३९ वटा क्वारेन्टाइन बेड राखिएको मेयर राईले जानकारी दिए ।

विशेष बैठकको निर्णयहरु

तपाईको प्रतिक्रिया