नोट खेलाउन बानी भएका हामीलाई लाग्ला नोट बिना पनि कसरी किन बेच र लेनदेन हुन सक्छ र ! तर गहिरिएर सोचौं त नोट भनेको त महत्व र मूल्य (value) प्रतिनिधित्व गर्ने कानूनी मान्यता पाएको कागजको खोस्टो मात्र हो ।

नेपालमा नोट बिहीन कारोबारको थप आवश्यकता किन छ भने कोरोना भाइरस फैलाउने एउटा माध्यम भनेको पैसाको नोट पनि हो । हामी मध्ये धेरैको मुखको थुक औंलामा लगाएर पैसा गन्ने बानी हुन्छ, बैंकमा पनि तरल पदार्थ औलोको टुप्पोमा लगाएर नोट गनेको हामीले देखेकै हो । यसले त झन संक्रमण फैल्याउने नै भयो । पैसाको नोटबाट संक्रमण रोक्न चीनले नोटलाई भाइरस मार्ने डिसइनफेक्टेन्ट प्रयोग गरेको थियो । तर यो तरिकाबाट पनि नोट पूर्णत संक्रमणरहित हुदैन किनभने मान्छेको हातमा भाइरस भएका ब्यक्तिको हातमा पुगेपछि पुनः संक्रमण भैहाल्छ ।
बिज्ञान प्रबिधिको बिकाससँगै अब नोट बिना नै कारोबार गर्न सकिन्छ । यस प्रबिधिबाट हामीले हाम्रो कमाई अंकमा जम्मा हुन्छ भने खर्च गर्दा त्यही अंकबाट घट्छ । यसको लागि बैंकमा खाता हुनुपर्छ भने स्मार्ट् फोन या कम्प्युटर चलाउन भने जान्नुपर्छ । साधारण कम्प्युटर साक्षरता भए पुग्छ ।
हाल नेपालमा e-sewa, prabhu pay, khalti र विभिन्न बैंकहरुका e-banking लगायतकाले यस्तो सेवा दिइरहेका छन । उबिथकतयचभ बाट बउउक डाउनलोड गरि एकाउन्ट खोलेमा एकाउन्ट भएका ब्यक्ती र संस्थाहरुबीच यस्तो नोटरहित कारोबार या cashless  transaction गर्न सकिन्छ । यसले अहिलेको संकटमा ब्यापारिक कारोबारलाई त सहज बनाउँछ नै सुरक्षाको चिन्ता गर्दै नोट बोक्नु पर्ने झन्झटबाट पनि मुक्त भइन्छ ।
लेखक : तेजेन भट्टराई, त्रियुगा नपा-५ देउरी, उदयपुर

तपाईको प्रतिक्रिया