उदयपुर । उदयपुरको कटारी नगरपालिका स्थित कटारी अस्पतालमा भारतको विभिन्न ठाउँबाट आएकाहरुलाई हेल्थ चेकअप गरेको छ । भारतको सिलिगुडीबाट काकडभिट्ठा हुँदै ताप्ली गाउँपालिका २१ जना मध्ये १ जनामा ज्वरो निको नभएपछि कारोनाको आशंकामा कटारी अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार भईरहेको छ ।
- भारतबाट आएका २१ जनालाई कटारी अस्पतालमा स्वास्थ्य परिक्षण

ताप्ली गाउँपालिका ४ का कृतिमान मग्रातीलाई आइसोलेसनमा उपचार भैरहेको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । मेयर श्रेष्ठका अनुसार मग्रातीको रगत परिक्षणको लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी गरिरहेको जानकारी दिए ।
यस्तै त्यही ग्रुप मध्ये २० जनालाई नेपाली सेनाको व्यारेक बेलस्रोतको क्वारेन्टाइनमा राखिएको छ । भारतको सिलिगुडीबाट १५ जना र अन्य विहार, दिल्लीबाट आएकाहरुको कटारी अस्पतालमा चेकजाँच गरेपछि क्वारेन्टाइनको लागि नेपाली सेनाको १८ नम्बर बाहिनी अन्तरगत रणशार्दुल गणको उदयपुरको कटारी नगरपालिका १ स्थित बेलस्रोत व्यारेकमा राखिएको छ । सवै ताप्ली गाउँपालिका व्यक्तिहरु हुन् ।









