उदयपुर । कोरोना संक्रमित १९ वर्षिय युवतीसँगै विमानमा आएका त्रियुगा नगरपालिकाका एक युवा गत चैत्र ४ गते नेपाल आएका थिए । जोर्डनबाट कतार हुँदै नेपाल आएका ती युवा अहिले सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।
कतारबाट क्यूआर ६५२ नम्बरको जहाजबाट आएकी एक युवतीमा कोरोना संक्रमित देखिएपछि त्रियुगा नगरपालिकाका युवा पनि डाक्टरको सम्पर्कमा आएका छन् । जोर्डनबाट आएका युवाको रगत परिक्षणको लागि धरान पठाएको छ भने अहिले उनमा कुनै त्यस्तो संक्रमणको लक्षण देखिएको छैन् । उनले नागरिक बहस अनलाइनसँगको सम्पर्कमा भने, ‘मैले टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालको डाक्टर र विपी कोइराला विज्ञान प्रतिष्ठान धरानको डाक्टरसँग नियमित सम्पर्कमा रहेको छु, अहिले सेल्फ क्वारेन्टाइनमा बसेको छु ।’ डाक्टरहरुले आतिनु पर्दैन लक्षण देखिएमा मात्र यहाँ आउनु भनेको उनले बताए । उनले भने, ‘छुट्टै कोठामा बसेको छु, छुट्टै ट्वाइलेट बाथरुम प्रयोग गरेको छु भने घर बाहिर कहि कत्तै गएको छैन् ।’
यस्तै त्रियुगा नगरपालिका ६ का एक युवा पनि सिंगापुरबाट भर्खरै आएपनि उनी पनि सेल्फ क्वारेन्टाइनमा रहेको परिवारले जनाएको छ ।
यस्तै बेलका नगरपालिकाका दुई युवा मध्ये एक युवा सेल्फ क्वारेन्टाइनमा छन भने अर्र्का युवा विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा चेकजाँच पछि बुधबार डिस्चार्ज दिइएको बेलका नगरपालिका ९ का वडाध्यक्ष तथा प्रवक्ता मोहन घिमिरेले जानकारी दिइएको छ । उनका अनुसार धरान पठाएको युवामा त्यस्तो केही लक्षण नदेखिएको भन्दै अस्पतालले डिस्चार्ज दिइएको छ ।
यो पनि पढ्नुस्









