उदयपुर । उदयपुरको कटारी नगरपालिका स्थित कटारी अस्पतालमा भारतको विभिन्न ठाउँबाट आएकाहरुलाई हेल्थ चेकअप गरेको छ । भारतको सिलिगुडीबाट काकडभिट्ठा हुँदै ताप्ली गाउँपालिका २१ जनालाई कटारी अस्पतालले हेल्थ चेकअप गरिएको छ ।भारतको सिलिगुडीबाट १५ जना र अन्य विहार, दिल्लीबाट आएकाहरुको चेकजाँच गरिएको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार अहिलेसम्म सवैको अवस्था सामान्य रहेपनि क्वारेन्टाइनमा राख्नु पर्ने भएकोले कहाँ राख्ने त्यस विषयमा छलफल भईरहेको बताए ।
मेयर श्रेष्ठले भने, ‘नेपाली सेनाको १८ नम्बर बाहिनी अन्तरगत रणशार्दुल गणको उदयपुरको कटारी नगरपालिका १ स्थित बेलसोत व्यारेकको ३४ वटा भवनलाई खाली गरि २०० बेड क्षमताको क्वारेन्टाइनमा परिणत गर्ने कार्य भईरहेको र डाक्टर पनि नभएकोले अहिले यहाँ सम्भव नभएकोले अन्य ठाउँ पठाउने तयारी भईरहेको छ ।’ यस विषयमा प्रदेश सरकारलाई जानकारी गराई सकिएको मेयर श्रेष्ठले बताए ।
यस्तै इलाका प्रहरी कार्यालय कटारीका डिएसपी प्रेम सागर केसीका अनुसार बाटोमा आउने क्रममा सोधीखोजी गर्दा भारतको विभिन्न ठाउँबाट आएको जनाएपछि स्वास्थ्य परिक्षण गराएर क्वारेन्टाइनमा राख्ने तयारी भईरहेको जानकारी दिए ।
यस विषयमा जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीसँग सम्पर्क गर्न खोज्दा उहाँले प्रयोग गर्ने मोबाइल फोन उठेन ।

तपाईको प्रतिक्रिया