उदयपुर । उदयपुरमा सशस्त्र प्रहरीद्वारा मंगलबार राति २ बजेको समयमा अवैध रुपमा ओसारपसार गरिरहेको ५० केजी गाँजा बरामद गरेको छ । उदयपुर र सप्तरीको सिमाना उदयपुरगढी गाउँपालिका ७ कोल्टेबाट उक्त परिणामको गाँजा बरामद गरेको पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् ।
चार पाँच जनाको समूहमा रहेका गाँजा कारोबारीहरुले सशस्त्र प्रहरीलाई देखेपछि उनीहरु अवैध गाँजा छोडेर भाग्न सफल भएको सशस्त्र प्रहरी बल नेपाल ५ नं. गण हेडक्वाटर त्रियुगा उदयपुरका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक (एसपी) गाहरधन राईले पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार गाँजा कारोबारीहरु उदयपुरबाट सप्तरीतर्फ गईरहेको सुराकीको आधारमा खोजतलास गर्न जाने क्रममा जंगलबाट दुई वटा बोरामा ५० केजी गाँजा बरामद गरेको बताए ।
https://www.facebook.com/1828150850557308/videos/2586024418310621/?t=9
- ३५ के.जी. गाँजा सहित तीन युवा पक्राउ
यस अघि भदौं २० गते सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश क्याम्प रामपुरले बेलका नगपालिका–५ शिखरमाडीबाट ईटहरी तर्फ जादै गरको विआर ११ एफ ३२४७ भारतीय नम्बर प्लेट र मे १ च २२३३ नेपाली नम्बर प्लेटको बोलोरोमा लुकाई छिपाई ल्याएको १८ पोका गाँजा र गाडीमा सवार चालकसहित तीन जनालाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाईएको सशस्त्र प्रहरी उपरिक्षक राईले बताए । प्लाष्टीमा प्याक गरी गाडीको पछाडी टाएर राख्ने ठाउँमा र सिट मुनी डिकी बनाई त्यस भित्र लुकाई छिपाई ल्याएको अवस्थामा १८ पोका करिब ३५ केजी गाँजा बरामद गरेको (एसपी) राईले बताए । - सशस्त्र प्रहरीद्धारा ११२ केजी गाँजा बरामद
यस्तै मंसिर २४ गते बेलका नगरपालिका–८ बकुन्द्रे खोला र सप्तकोशी नदी दोभानबाट अवैध लागु औषध एक सय १२ केजी गाँजा नेपाल सशस्त्र प्रहरीको टोलीले बरामद गरेको थियो । सप्तकोशी नदिको जलमार्ग प्रयोग गरी लागु औषध गाँज ओसार पसार हुँदै छ भन्ने गोप्य सुचानाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश क्याम्प रामपुरबाट खटेका प्रहरी टोलीले सो परिणामको गाँजा बरामद गरेको थियो ।
अहिलेसम्म सशस्त्र प्रहरीले करिव एक सय ९७ केजी गाँजा बरामद गरेको एसपी राईले पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले एक लाख ४१ हजार २०१ अवैध गाँजाको बोट समेत नष्ट गरिएको बताए । - प्रहरीद्वारा २१ हजार बढी अवैध गाँजाको बोट नष्ट
- ताप्लीमा १ लाख १६ हजार बढी गाँजाको बोट नष्ट
- बेलका नगरपालिकामा ८६ हजार गाँजा फडानी गरी नष्ट









