उदयपुर । उदयपुरमा अवैध गाँजा नियन्त्रणमा कडाई गरेको छ । एक हप्ताको अवधिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उदयपुरको ताप्ली गाउँपालिकामा मात्रै १ लाख १६ हजार ३ सय १३ अवैध गाँजाको बोट नष्ट गरेको हो । प्रहरीले ताप्ली गाउँपालिका १ पिपलभञ्ज्याङ, जुके, फलाटे, गुरासे, मादले, डुम्रे, सिरिसे, वडा नं. २ ओडारे, बछाङ, तामाखर्क, धुसेनी, धारापानी, वडा नं. ३ डाडागाउ धुसेनी, वडा नं. ४ राकुला खोला, झ्याम्के, थुम्की, दोभान र वडा नं. ५ कटहरे समेतको स्थाहरुमा करिव ५० रोपनीमा लगाएको १ लाख १६ हजार तीन सय १३ बोट गाँजा फडानी गरी नष्ट गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया