उदयपुर / उदयपुरकी एक १४ बर्षीया बालिकालाई विभिन्न प्रलोभनमा पारी बिबाह गरी बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका युवकलाई जिल्ला अदालतले ८ बर्ष कैद फैसला सुनाएको छ ।
जिल्ला न्यायाधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले सोमबार कटारी नगरपालिका २ त्रिवेणीका २५ बर्षीय रविलाल तामाङ्गले बालिकालाई बालविवाह गरी बलात्कार गरेको कसुर ठहर गर्दै ८ बर्ष कैद र पीडितलाई १ लाख ५० हजार क्षतिपुर्ति भराउन आदेश दिएको हो ।
तामाङ्गले २०७५ असार १९ गते बालिकालाई विभिन्न प्रलोभनमा पारेर भगाएर विवाह गरेका थिए । बालविवाह गरी बलात्कार गरेको भन्दै पीडित पक्षले असार २२ गते इलाका प्रहरी कार्यालय कटारीमा उजुरी दिएका थिए । तामाङ्गलाई प्रहरीले असार २२ गते पक्राउ गरेकोमा अदालतले साउन १ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

तपाईको प्रतिक्रिया