मृत अवस्थामा फेला परेकी बालिका

उदयपुर / उदयपुरमा एक १२ बर्षिया बालिका मृत अबस्थामा शव फेला परेको छ । आइतबार रौतामाई गाउँपालिका–३ लाफागाउँका अमला भन्जयाङमा स्थानीय दुर्गाबहादुर खड्काको १२ वर्षिय छोरी एल्जिना खड्का मृत फेला परेकी हुन् ।
शनिवार दिउँसो २ बजेको समयमा घरबाट बाख्रा चराउनको लागि गएकी बालिका घर फर्केर नआएपछि घर परिवार र स्थानियले खोजतलास गर्ने क्रममा अमला भन्ज्याङ भन्ने स्थानमा मृत अबस्थामा फेला परेको सोही वडाका वडा अध्यक्ष तथा ठूलो बुबा दुर्गाराज खड्काले बताए । उनका अनुसार घरबाट करिव ४ सय मिटरको दुरीमा बाख्रा चराउन गएकी बालिका घर नआएपछि खोजतलास गर्दा आज मृत फेला परेकी बताए । वडा अध्यक्ष खड्का भने– ‘कपडा च्यातिएको अवस्थामा छ, बलात्कार गरी हत्या गरेको हुन सक्ने आशांका गरिएको छ ।’
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक अर्जुन रानाभाटको नेतृत्वमा घटनास्थलमा तर्फ टोली गएको प्रहरी उपरिक्षक चन्द्रदेव राईले जानकारी दिए ।

त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका– २ मोतियाहीका २७ वर्षिय सन्तोष राजधामीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । तिहारको लक्ष्मीपुजाको दिन राती स्थानीय एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
लक्ष्मीपुजाको दिन लक्ष्मीपुजा गरेर आफै घरको कोठामा सुति रहेको अबस्थामा झयालबाट पसेर जबरजस्ती करणी गरेको पिडितले बताएकी छिन् । राजधामीले आफुलाई करणी गरेको भन्दै पिडित युवतीले प्रहरीमा जाहेरी दिएकी छिन् । प्रहरीले करणी सम्बन्धि कसुरमा आवश्यक अनुसन्धान गरि राखेको प्रहरीले जनाएको छ ।
त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका–९ रातमाटेका एक किशोरलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । गोबर्धन पुजाका दिन देउसी खेल्न निस्केकी किशोरीलाई स्थानीय लक्ष्मी थापाको घर कोठामा लगि जबरजस्ती करणी गरेको पिडितले बताएकी छिन ।
पिडितले दिएको जाहेरीमा थापाको घर कोठामा लगि एक रात बन्धक बनाएर जबरजस्ती करणी गरेको उल्लेख गरिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले भने जाहेरीपछि किशोरलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया