लहान, अज्ञात समूहद्वारा शुक्रबार लहानको एक पसलमा आएको पत्रिकामा आगजनी गरेको छ । अज्ञात समूहले सिरहाको लहानमा आउने विभिन्न पत्र पत्रिकाहरुमा आगजनी गरेको छ ।
शुक्रबार विहान ५ बजे अज्ञात समुहले लहान स्थित सीता नोवेल पसलका लागि आएको कान्तिपुर, द काठमाण्डौ पोष्ट, साप्ताहिक, हल्लो शुक्रवार लगायतका करिब चार सय पत्रिकामा आगजनी गरेको प्रहरीले जानकारी दिइएको छ । पत्रिकामा आगजानी कसैले गरेको हो भने खुल्न सकेको छैन ।
‘आज विहान ५ वजे सीता नोवेल ,लहान पसल अगाडीबाट रोडमा लगी कान्तिपुर,काठमाण्डौ पोस्ट , साप्ताहिक, हल्लो शुक्रवार गरी ४०० पत्रिकामा अज्ञात ब्यक्तिले आगो लगाएर भागे’ पसल संचालक दिनेश देवले फेसबुक स्टाट्समा लेखेका छन्, ‘पसल पुग्दा पत्रिकाहरु जलिरहेको देखे, कसले र किन आगो लगायो यसबारेमा केहि थाहा छैन ।’
पत्रिकामाथि आगजानी भएको विषयमा अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यलय लहानका डिएसपी राजेश थापाले बताए ।

Posted by Dinesh Deo on Thursday, 21 February 2019

तपाईको प्रतिक्रिया