प्रथम : भुवन दाहाल

उदयपुर, त्रियुगा नगरपालिका उदयपुरको युवा प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत उद्यम परियोजना प्रस्ताव लेखन तथा प्रस्तुतिकरण प्रतियोगितामा त्रियुगा नगरपालिका १६ का भुवन दाहाल प्रथम भएका छन ।
जिल्ला युवा समिति उदयपुरको आयोजनाामा बिहिबार त्रियुगा नगरपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी नतिजा सार्वजनिक गरिएको हो ।
यस्तै दोस्रो चौदण्डीगडी नगरपालिका ७ का बिकास बन्जरा , तेस्रो त्रियुगा नगरपालिका १० का हेमन्त भण्डारी र सान्वना त्रियुगा नगरपालिका ११ का बिमला खड्का भएका छन ।
कार्यक्रम त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेब चौधरीको प्रमुख आथित्यतामा भएको थियो । बिजेतालाई नगर प्रमुख चौधरीले सम्मान तथा पुरस्कार बितरण गर्नुभयो ।

द्वितीय : विकास बन्जारा

तृतीय : हेमन्त भण्डारी

सान्त्वना : विमला खड्का

तपाईको प्रतिक्रिया