काठमाडौं , पब्लिक स्पिकर सिजन २ का बिजेता रमेश पर्साईले सामाजिक संजालमा आफ्नो नया अबिब्यक्ति दिएका छन् | समसामयिक विषयमाथि आफ्नो धरान सार्वजनिक गर्दै आएका समेश देश बिदेशमा बस्ने सबै नेपालीबाट निकै रुचाइएका व्यक्ति पनि हुन् | पब्लिक स्पिकर २ को बिजेता समेत बन्न सफल रमेशले बिभिन्न समसमाहिक बिषयमा आफ्नो निजि विचार राख्दै आएका छन् |

रमेशले चामल बाँडेर सम्वृद्धि आउदै नै भन्दै ब्यबहारमा समृद्ध हुन सरकारलाई सुझाब दिएका छन् | गफ गरेर देश समृद्ध नहुने भन्दै रमेशले यो सरकारले अझै पनि सच्चिने मौका रहेको र अझै जनताले दिएको दुइ तिहाईको कदर गरेर सबैको मन जित्ने काम गर्न आग्रह समेत गरे | सरकारले ल्याएको समृद्धि अभियान, प्रधानमन्त्रि रोजगार अभियानले मात्र देश समृद्धिको बाटोमा नहिड्ने बताएका रमेशले कडा व्यंग्य समेत गरेका छन् |

प्रधानमन्त्रीको रोजगार कार्यक्रम, प्रधानमन्त्रिको नया गतिविधिको बारेमा रमेशले आफ्ना विचार ब्यक्त गरेका छन् | प्रचण्डको भेनेज्युला प्रकरणमा समेत रमेशले कडा झटारो हानेका छन् | आफ्नो देशको सिमा मिचिएको बिषयमा मौन रहने नेहतारुले अर्काको देशको त्यत्रो चिन्ता ? आफ्ना देशका विभिन्न ठाउमा सिमाना मिचिरहदा चुप रहने नेताहरुले अरुको देशको मामलामा आप्पति जनाउनु जोक भएको बताएका छन् |

भिडियो हेर्नुहोस् ।

तपाईको प्रतिक्रिया