उदयपुर । त्रियुगा नगरपालिकाले १७ जनाको ऐलानी जग्गाको निस्सा बदर गरेको छ । त्रियुगा नगरपालिकाको भूमि व्यवस्था शाखाले एक सूचना जारी गर्दै १७ जनाको ऐलानी जग्गाको निस्सा बदर गरेको हो ।

त्रियुगा नगरपालिका अन्तर्गत ९ नं. वडा गैरुन स्थित ईटाभट्टा दक्षिण तर्फ सरस्वती टोल विकासमा पर्ने ७ विगाहा बढी जग्गाको निस्सा बदर गरेको छ । ऐलानी जग्गाको फारम भरी नापजाँच कम्प्युटर प्रविष्टी भई निस्सा वितरण भएको उक्त जग्गा निस्सा बदर गरिएको त्रियुगा नगरपालिका भूमि व्यवस्था शाखाले जनाएको छ ।

निस्सा वितरण भएको उक्त जग्गालाई त्रियुगा नगरपालिकाको जेष्ठ २९ गते बसेको ६२ औं कार्यपालिकाको निर्णय बमोजिम खेल मैदान र विद्यालयको जग्गा संरक्षण गर्ने प्रयोजनको लागि त्रियुगा नगरपालिकाले निस्सा बदर गरेको हो । १७ जना व्यक्तिहरुको निस्सा रद्दको प्रकृया अघि बढाईएको सूचनामा जनाएको छ ।

विवरण सहित

तपाईको प्रतिक्रिया