उदयपुर – मदन भण्डारी राजमार्ग अन्र्तगत उदयपुरको नेपालटार–गाईघाट सडक खण्डको त्रियुगा नगरपालिका ७ कालिखोला होक्सेमा सोमबार विहान बसको ठक्करबाट मोटर साइकल चालकको मृत्यु भएको छ ।
ईलामबाट काठमाडौ जाँदै गरेको प्रदेश १–०१–०१६ प ४६७ नम्बरको मोटरसाईकल र कटारीदेखि धरानतर्फ आँउँदै गरेको स १ ख ८१६ नम्बरको बसमा एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक ईलामको सुर्याेदय नगरपालिका–११ का २३ वर्षिय प्रदित राईको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा गम्भीर घाईते राईको उपचारको क्रममा उदयपुर जिल्ला अस्पतालमा मृत्यु भएको हो । झापाली राईडर लेखिएको स्टिकर रहेको मोटरसाइकल पूर्ण क्षती भएको छ भने बसमा पनि क्षती पुगेको छ ।

तपाईको प्रतिक्रिया