१० वर्षमुनीका बालबालिकालाई विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलले निःशुल्क उपचार गर्ने

उदयपुर । स्ट्याण्डर्ड भिजन एकेडेमी मोतिगडाले एकै साथ तीन कार्यक्रम आयोजना गरेको छ । निःशुल्क स्वास्थ्य शिविर, विज्ञान, कला प्रदर्शनी तथा खाना परिकार मेलाको आयोजना गरेको छ ।

स्ट्याण्डर्ड भिजन एकेडेमी मोतिगडाका विद्यार्थी तथा अभिभावकलाई निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । स्ट्याण्डर्ड भिजन एकेडेमीको आयोजना, विराट मेडिकल टिचिङ्ग हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा सो शिविर संचालन भएको हो ।

स्वास्थ्यमा समस्या रहेका एकेडेमीका करिव २ सय भन्दा बढी बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो भने ७५ जना बढी अभिभावकले पनि निःशुल्क स्वास्थ्य परीक्षण गराएको एकेडेमीका प्रबन्ध निर्देशक नवराज सिंह ठकुरीले जानकारी दिए । उनका अनुसार बालबालिकामा देखिएको समस्याहरुको बारेमा बाल रोग विशेषज्ञ डा. रमेश कुमार यादवले स्वास्थ्य परीक्षण गरेको थियो भने अभिभावकहरुको स्वास्थ्य परीक्षण फिजिसियन विशेषज्ञ डा. रोहित कुमार कर्णले गरेको थियो । निःशुल्क स्वास्थय शिविरमा डा. अविनिस साह, मार्केटिङ अफिसर चन्दन पासवान सहित ७ जनाको प्राविधिक टोलीले एकेडेमीमा अध्ययनरत बालबालिकाहरुको स्वास्थ्य परीक्षण गरेको थियो ।

विराट मेडिकल टिचिङ्ग हस्पिटलका बाल रोग विशेषज्ञ रमेश कुमार यादवले यस एकेडेमीमा अध्ययनरत १० वर्षमुनीका बालबालिकालाई हस्पिटलले बालबालिकाको जन्मदर्ता, बालबालिकाको बुवा वा आमाको नागरिकताको फोटोकपी र स्वास्थ्य चौकी वा आधारभूत स्वास्थ्य केन्द्रको अनुसूची ४ बमोजिमको फारमको आधारमा निःशुल्क उपचार गर्ने प्रतिवद्धता जनाएको छ ।
विज्ञान, कला प्रदर्शनमा विद्यार्थीहरुले बनाएर ल्याएको सामग्रीहरुको प्रदर्शन गरिएको थियो भने एकेडेमीले उपलब्ध गराइएको विज्ञानको सामग्रीहरुबाट केहि परीक्षणहरु गरेको थियो । यस्तै विद्यार्थीहरुले ल्याएको खाना परिकारको पनि प्रदर्शनी गरेको थियो । खाना परिकार मेला विभिन्न जातजातिको खाना परिकारहरुको प्रदर्शनी गर्नुको साथै बेचविखन गरेको थियो । खाना परिकार मेलामा राई, मगर, थारु, नेवारी, तामाङ परिकारको साथै अन्य जातजातिको खाना परिकारहरुको पनि प्रदर्शनी गरेको थियो ।
विज्ञान, कला प्रदर्शनी, खाना परिकार मेला तथा निःशुल्क स्वास्थ्य शिविरको प्रमुख अतिथिमा त्रियुगा नगरपालिका ३ का वडाध्यक्ष तिलक बहादुर कटुवाल रहेको थियो । विज्ञान, कला प्रदर्शनी, खाना परिकार मेला तथा निःशुल्क स्वास्थ्य शिविर सम्बन्धीको प्रकाश एकेडेमीका प्रबन्ध निर्देशक नवराज सिंह ठकुरीले गरेको थियो । कार्यक्रमको अध्यक्षता एकेडेमीका संचालक अध्यक्ष सुखिलाल चौधरीले गरेको थियो भने कार्यक्रममा स्वागत एकेडेमीका प्रिन्सिपल बाबुराम कार्कीले गरेको थियो । कार्यक्रमको संचालन शिक्षिका सीता मगरले गरेका थिईन् ।

कार्यक्रमको तस्विरहरु

 

तपाईको प्रतिक्रिया