गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनमा प्रवेश गर्नेको लर्को लागेको छ । विहिबार त्रियुगा नगरपालिका १६ सुकौराको चुनावी प्रचारको क्रममा नेकपा एमाले र नेपाली काँग्रेस पार्टी परित्याग गरी गठबन्धनमा प्रवेश गर्नेको लहर बढेको छ ।
नेकपा माओवादी केन्द्रमा १८ जना र नेकपा एसमा एक जना प्रवेश गरेका छन् । त्रियुगा नपा १६ मा माओवादी पार्टी र मान वहादुर राई बाहेक अन्यले विकास गर्न नसक्ने र आफुहरुलाई त्यस प्रति कति पनि विश्वास नरहेको भन्दै गठबन्धनमा रहेको पार्टीहरुमा आफुहरु आएको नव प्रवेशीहरुले बताए । नवप्रवेशीहरुलाई मेयर उम्मेदवार चौधरी, चुनाव प्रचार संयोजक किरण राई, उपमेयर उम्मेदवार गीता खड्का कार्की लगायतले खादा र अबिर लगायर पार्टी प्रवेश गराएका थिए ।
प्रवेश गर्नेहरुमा दिल बहादुर तामाङ्ग एमाले परित्याग गरि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
युवक कुमार राई, चन्द्र बहादुर मगर, निर्मला मगर, लक्ष्मी खत्री, इश्वर खत्री, अर्जुन भटटराई, राजकुमार दाहाल नेपाली काँग्रेस पार्टी परित्याग गरि माओवादीमा प्रवेश गरेका छन् ।
नेकपा एमालेबाट नन्द माया राना मगर, तारा कटुवाल, तिलक बहादुर राय, रणमाया तामाङ्ग, राजकुमार कार्की, गीतामाया वि.क., मनमाया लायोमगर, दुर्गा कुमारी तामाङ्ग, कविता राना मगर लगायत माओवादीमा प्रवेश गरेका छन् ।









