उदयपुर । त्रियुगा नगरपालिकामा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र विचको गठबन्धनका उम्मेदवारहरु यतिबेला घरदैलो अभियानबाट मतदाता भेट्ने र मतदातासँग अन्तरक्रिया गर्ने अभियानलाई तिव्रता दिएका छन् । अभियान अन्तर्गत नेकपा एकीकृत समाजवादीका पोलिट व्यूरो सदस्य तथा प्रदेश नं. १ का अध्यक्ष तथा त्रियुगा नगरपालिकाको मेयरका उम्मेदबार बलदेव चौधरीले पाँच दलिय गठबन्धनले देश विकासको भारी वोक्न तयार रहेको वताए ।
विहिबार त्रियुगा नगरपालिका १६ सुखौरामा चुनावी सभालाई सम्बोधन गर्दै चौधरीले संयुक्त गठबन्धनमा मेयरमा कलम र उपमेयरमा हसिया हथौडालाई मत दिई काम गराउन मतको भारी वोकाउन आग्रह गरेका थिए ।

देश र जनता रहे मात्र पार्टी रहने भन्दै केपी ओलीको कारण नेकपाको दुई तिहाइको सरकारलाई समय अगावै संसद कु गरेको प्रति सारा नेपाली जनता एक जुट भएर लडेकोले अहिले देशलाई माया गर्ने र देश वर्वाद पार्ने बीचको लडाई चलिरहेको समेत बताए ।

नेकपा एसले जनता र राष्ट्रियता लागि चुनावी मैदानमा रहेको र अव हुने चुनावमा त्रियुगामा संयुक्त गठबन्धनका उम्मेदबारलाई अत्यधिक मतका साथ बिजयी बनाउन आग्रह गरेका थिए । त्रियुगा नगरबासीले बोकाएको भारी जुनसुकै हालतमा पुरा गर्ने मेयरका उम्मेदबार चौधरीले बताए ।
प्रचार कार्यक्रममा बोल्दै मेयर उम्मेदवार वलदेव चौधरीले चुनावको वेला अन्य पार्टीले उठाएका विगतको कुराहरुको पछि नलाग्न आग्रह गरे । उनले चुनावलाई प्रभावित पार्न बिभिन्न पार्टीका नेता कार्यकर्ताहरुले राम्रै कामलाई पनि खराव बनाएर भाँड्ने गरेको जनाए । आफु पूर्व मेयर समेत रहेकाले ५ बर्षका कार्याकालमा कुनै पनि वडाहरुलाई बिभेद नगरी नगरबाट बजेट वितरण गरेको र योजनाहरुलाई समान्तर बनाएको जनाए ।

नगरमा ठुलो योजनाहरु ल्याउँन खोज्दा त्यस्ता व्यक्तिहरुले हावा भनिरहेको भन्दै तर त्यो कामहरुको प्रक्रिया तयारी सँगै बजेट समेत पास भैसकेको जनाए । चौधरीले भने, “रिंगरोटको कुरा गर्दा अझै पनि मान्छेहरु पत्याउँदैन् तर त्यसकाल लागि बजेट पनि पास भैसकेको छ ।” करमगाछी – बावरी– बेल्दोवान– जाँते– सिद्रै – हुँदै सुकौरालाई जोडेर रिंग्रोड पुरा गर्ने जनाए । उनले तत्कालै त्रियुगा नगरलाई उपमाहानगर पालिकाको रुपमा परिणत गर्ने समेत जनाए ।
त्रियुगा नगरपालिका १६ नं वडा वातावरणीय, उद्योग र उत्पादनको राम्रो एरिया भएकाले यसलाई त्यहि अनुसारको विकास गर्न पनि आफुले मेयर पदको उम्मेदवारी पून ः दिएको जनाएको छ । चौधरीले त्यस वडामा शिक्षा, स्वास्थ्य खानेपानी, उद्योग, सडक, कृषि, युवाहरुलाई रोजगार र पर्यटन लगायतको विकासलाई अगाडी बढाउने प्रतिबद्धता समेत दिएको छ ।

यस्तै उपमेयर पदकी उम्मेदवार गिता खड्काले राष्ट्रिय आवश्यकताको एक रुप रहेको गठबन्धनलाई सबैले भोट दिएर त्रियुगाको विकासमा सहज र सहोग पुराउन १६ नं वडावासीहरुलाई अपिल गरेकी छिन् । खड्काले विकासका विद्रोहीहरुलाई भोट हालेर गल्ती नगर्न पनि सुझाईन् । कांग्रेस एमालेले जनतालाई सँधै ठग्ने र डाँट्ने बाहेक कुनै काम गर्न नसक्ने र सपनामा मात्र जनतालाई सँधै भुलाई रहने हृुँदा त्यस्तालाई नगरेको नेतृत्वमा नपुराउन समेत आग्रह गरिन् उनले गठबन्धनको सबै उम्मेदवारहरुलाई महत्वपूर्ण मत दिएर नगर तथा वडाको नेतृत्व शुनिश्चित गर्न वडावासीहरुलाइ आग्रह गरिन् ।गठबन्धनका चुनाव प्रचार संयोजक किरण राईले नगरको विकासमा सक्षम प्रतिनिधि छान्ने अधिकार जनताहरुको रहेको जनाएको छ । उनले नगर विकासको लागि विकास प्रेमी प्रतिनिधि छान्न भन्दै एमाले र कांग्रेसलाई कुनै हिसावले भोट हाल्न नहुने जनाएको छ ।

हिजो देश बिगार्न लागेको प्रतिगामीहरुलाई भोट हाले जनतालाई खाडलमा हाल्ने राईले जनाए । ओली सरकारले आफ्नो र आसेपासेको स्वार्थको निम्ति देश र जनताको नियम विपरित गरिएको संसद विघठनलाई पुनस्थापित गर्ने गठबन्धन रहेकाले गठबन्धने मात्र विकास र जनतालाई साथ दिने भन्दै अन्य पार्टीलाई मत नदिन समेत आग्रह गरे ।

त्यस्तै वडाअध्यक्ष उम्मेदवार मान वहादुर राईले वडावासीहरु प्रति धन्यवाद व्यक्त गरे । उनले वडामा भएको विकासलाई नजिक बाट जनताले हेरेर जनप्रतिनिधिको महसुस गर्दै आफुलाई पुन अध्यक्षमा उठ्न अनुरोध गर्ने वडावासीहरु प्रति राईले धन्यवाद र सहानुभुति व्यक्त गरे । राईले आफुले गर्न सक्ने काम वाहेक जनतालाई सपना नबाँडेको र बोलेको कुराहरु पुरा गर्दै जनाताहरुको प्रिय जनप्रतिनिधि बन्न पाएकोमा आफुलाई भाग्यमानी ठानेको जनाए ।

त्रियुगा नगरपालिका १६ नं वडा सहित गठबन्धनको उम्मेदवारहरुले त्रियुगा नगरपालिकाको सबै वडाहरुमा आफ्नो चुनावी प्रचार सम्पन्न गरेको छ । चुनावी प्रचारको क्रममा गठबन्धनको पक्षलाई समर्थन गर्दै कांग्रेस, एमाले लगायतका पार्टी परित्याग गरी माओवादी र एकीकृत समाजवादीमा प्रवेशको गर्ने हरुलाई भव्य पार्टी प्रवेश समेत गराईएको छ ।

तपाईको प्रतिक्रिया