गाईघाट । स्थानीय तहको निर्वाचनको पाँच दलिय गठबन्धन उदयपुरमा कोइराला पक्षले तोडेको आरोप नेकपा एकीकृत समाजवादी पार्टीका पोलिट व्यूरो सदस्य तथा प्रदेश नं. १ का अध्यक्ष तथा त्रियुगा नगरपालिकाका मेयरका उम्मेद्बार बलदेव चौधरीले बताए ।
त्रियुगा नगरपालिका ११ नं. वडाको सभालाई सम्बोधन गर्दै काँग्रेसका नेता शेखर कोइराला पक्षका उम्मेदबारले उदयपुरमा गठबन्धन तोडेको आरोप लगाएका छन् । उनले त्रियुगामा गठबन्धन नहुँदा आफुमा कुनै समस्या नरहेको जनाए कांग्रेसले भने बमोजिमको निर्णयमा हामीले स्वीकार गरेका छौँ । आफु पनि जिल्ला र प्रदेश स्तरीय गठबन्धनको बैठकमा रहेको तर यहाँ कोईराला पक्षका व्यक्तिहरुले गर्दा गठबन्धन नभएको र अन्य हिसावले सबै ठिकै रहेको उनले जनाए ।

प्रमुख पदका उम्मेदवार चौधरीले गठबन्धन राष्ट्रिय राजनितिको प्रमुख आवश्यक रहेको जनाए । उनले गठबन्धनमा सामेल भएका सम्पूर्ण पार्टीहरुलाई एक जुट भएर मतदान गर्न अनुरोध गरेका थिए । आज गठबन्धनले संविधान र संसद बचाउँदै प्रतिगमन विरुद्धको आन्दोलनमा एक जुट भएको बताए । एमालेको काम र व्यवहार सहन नसकेर जनताको लागि स्वस्थ राजनितिक गर्न निर्माण गरिएको एकीकृत समाजवादीले अब एमाले जस्तो खराब पार्टीको संगत नगर्ने जनाए ।

चौधरीले बरु समाजवादी पार्टीमा स्वस्थ राजनितिक गर्नेहरु आए आफुहरुले सम्मान गर्ने समेत जनाए । उनले भनेका छन्” “बलदेव चौधरीले सुर्य चिन्ह परित्याग गर्दै कलम चिन्हमा लागेको थाहाँ हुँदा हुँदै पनि एमालेका केहि लाज पचेका फटाहा व्यक्तिहरुले आफुलाई सड्यन्त्र गरी जनताहरुलाई सुर्यमा भोट हाल्न भनी भ्रम छर्नु यो आफैमा लाजस्पताको ख्याल गर्न अनुरोध गर्दछु ।’ उनले चिन्ह गौण विषय भएको, २०४७ साल अघि निर्वाचनमा नेकपा एमालेको चुनाव चिन्ह मकै छापमा भोट हालेको अनुभाव सुनाए । केपी ओलीका चम्चेहरुले देश बर्वाद पारेको र त्यसको शिकार सम्पूर्ण जनताले भोग्नु परेको उनको आरोप छ । स्थानीय तहको निर्वाचनमा केपी ओलीले गोजीको मान्छेलाई मात्रै टिकट दिएको र स्वच्छ, इमान्दारलाई पाखा लगाएको आरोप लगाएका छन् । इमान्दारीको राजनितिको अस्थित्व सकिएको एमालेकै कारण आफुहरुले नयाँ पार्टी निर्माण गर्नु परेको समेत चौधरीले जनाए ।

यस्तै उप्रमुख पदकी उम्मेदवार खड्काले गठबन्धन जनताको महत्वपूर्ण राजनितिक पार्टी रहेको सुझाएकी छिन् । उनले त्रियुगा नगरको समग्र विकासका लागि गठबन्धन बाहेक अरु कुनै विकल्प नरहेको जनाईन् । त्रियुगाको सन्दर्भमा गठबन्धनमा केन्द्रको निर्णय अनुसार सबै पार्टीहरु एक मत नभएपनि माओवादी र एकीकृत समाजवादीले काँग्रेस, एमालेलाई पाखा लगाउने जनाईन् ।

त्यस्तै ११ नं वडाका अध्यक्ष उम्मेदवार कालिदास राई (किसन) ले ११ नं वडा गाईघाट बजारको मुटु रहेका कारण यसलाई थप विकास गरी व्यवस्थीत बनाउने हो भने गठबन्धनको उम्मेदवारलाई भोट हाल्ने पक्का रहेको जनाए । उनले आफु बोल्ने भन्दा काम गर्ने गरेको र काममा प्राथामिकता राख्ने व्यक्ति रहेको कारण गाईघाट बजार विकास गर्न आफुलाई कुनै सकस नपर्ने जनाए । उनले अन्य दलको उम्मेदवारहरु भन्दा आफ्नो जनतामुखी र साना एजेन्डा भएकाले जनताको माग अनुसार काम पुरा हुने प्रतिबद्धता जनाए ।

त्रियुगा नगरपालिका ११ नं वडामा गठबन्धनले मंगलबार व्यापक चुनाव प्रचार प्रसार गरेको थियो । त्रियुगा नगरपालिका १३ नं वडा हुँदै ११ न प्रवेश गरेको गठबन्धने पिपलचोकमा कोण सभा गरेका थिए । प्रचारको क्रममा गाईघाट बजार परिक्रमा गरी जनताहरुलाई अमुल्य भोट समेत मागेका छन् ।

तपाईको प्रतिक्रिया