राजेन्द्र महतो, लहान । सिरहा को लहान न. पा.- २२ राजदेवी चौक नजिक रहेको एक पेट्रोल पम्पमा कमिसन लेनदेन गरिरहेको बेला बुधबार ५ लाख कमिसनको रकम सहित एक मेयरका छोरा लगायत दुईजनालाई अख्तियारले रङ्गेहात पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले लहान २२ को राजदेवी चौक नजिक रहेको एक पेट्रोल पम्पमा कमिसन लेनदेन गरिरहेकै बेला सिरहा कल्याणपुर नगरपालिकाका मेयर सुर्यनाथ मण्डलका छोरा सन्त मण्डल र जितेन्द्र महतो पक्राउ परेका हुन । कल्याणपुर न. पाका मेयर मण्डलले डिपिआर गरेको भुक्तानी दिन सेवाग्राही संग रु. ५ लाख घुस मागी आफ्नो छोरा सन्त मण्डललाई लहानको राजदेवी चोकमा पठाएको अख्तियार टोलीले बताएका छन।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
त्रियुगा नगरपालिकाले गर्यो ७ विगहा ऐलानी जग्गाको निस्सा बदर (नामावली सहित)
उदयपुर । त्रियुगा नगरपालिकाले १७ जनाको ऐलानी जग्गाको निस्सा बदर गरेको छ । त्रियुगा नगरपालिकाको भूमि व्यवस्था शाखाले एक स...
उदयपुरमा मोटरसाइकल दुर्घटनामा श्रीमतिको मृत्यु, श्रीमान घाइते
उदयपुर । उदयपुर स्थित मदन भण्डारी राजमार्ग अन्तरगत उदयपुरगढी गाउँपालिका ७ अधेरी फुस्रेमा बिहिवार मोटरसाइकल दुर्घटनामा श्...
उदयपुरमा हात्तीले ४ घर भत्काउँदा १६ लाख बढीको क्षति
उदयपुर । उदयपुरमा जंगली हात्तीको समुहले ४ घर भत्काउँदा १६ लाख बढीको क्षति भएको छ । चौदण्डीगढी गाउँपालिका ७ लामाचौरीमा ४ ...
प्रतिबन्धित लागूऔषध सहित दुई युबा पक्राउ
उदयपुर । उदयपुरमा प्रतिबन्धित लागूऔषध सहित दुई युबा पक्राउ परेका छन् । सिरहाको लहानदेखि गाईघाटतर्फ आउँदै गरेको स २ प ७८७...
त्रियुगाको बजेट १ अर्व ३८ करोड ७७ लाख, तान्त्रिक–बास्तु तथा ज्योतिष विद्या अध्ययन केन्द्र स्थापनाको लक्ष्य
उदयपुर । त्रियुगा नगरपालिकाको आगामी अनुमानित बजेट १ अर्ब ३८ करोड ७७ लाख रहेको छ । त्रियुगा नगरपालिकाको १७ औं नगर सभाबाट ...
चौदण्डीगढीको बजेटमा मुसहर परिवारलाई चाडपर्व खर्च सहित एक अर्ब ३७ करोड विनियोजन
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि एक अर्ब ३७ करोड नौ लाख पाँच हजार २१२ रुपैयाँबर...









