आज १३ औं गणतन्त्र दिवस, दिपावली मात्रै गरेर मनाइने
काठमाडौं । आज १३ औँ गणतन्त्र दिवस । कोरोनाको प्रकोप र लकडाउन भएकाले यस वर्षको गणतन्त्र दिवस भव्य समारोह र तामझाम नगरी मनाउने सरकारले निर्णय गरेको छ ।सरकारले यस वर्ष तीनै तहका सम्पूर्ण सरकारी कार्यालय र विदेशस्थित नेपाली कूटनीतिक नियोगमा तीन दिन दीपावलीमात्रै गरेर गणतन्त्र दिवस मनाउने भएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को जेठ १२ को निर्णयअनुसार जेठ १४, १५ र १६ गते साँझ घरघर...













