उदयपुर । कोरोना भाइरसको महामारीका बेला फ्रन्टलाइनमा जोखिम मोलेर कार्यरत राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा खटिएका सञ्चारकर्मीहरुको बिमा गरिएको हो ।
जिल्लामा एक जना पत्रकार सहित ३३ जनामा कोरोना पुष्टि भै सकेको र अन्य स्थानहरूमा परीक्षणको दायारा बढ्न नसकको समयमा सञ्चारकर्मीलाई ‘हिमगिरी सप्लायर्स एण्ड ट्रेडर्स’ का प्रोपाईटर युवा व्यवसायी प्रयास कार्कीले विमा गरिदिएका हुन् ।आईएमई जनरल इन्सुरेन्स लिमिटेडमा प्रेस संगठनका ३४, प्रेस युनियनका १७ र अन्य ४ गरी ५५ जनाको विमित रकम भुक्तानी गरिदिएका हुन् ।
नेपालको पहिलो कोरोना इपिसेन्टर उदयपुरमा खटिएका पत्रकारहरुको उच्च जोखिमलाई मध्यनजर गर्दै हिमगिरी सप्लायर्स एण्ड टे«डर्सले विमित रकम तिरी दिएको प्रेस संगठनका अध्यक्ष गणेश उप्रेतीले बताए । उनले विमा गरिदिए वापत मनकारी ‘हिमगिरी सप्लायर्स एण्ड ट्रेडर्स’ कटारीका प्रोपाईटर प्रयास कार्कीलाई धन्यवाद दिइएको छ । सम्झौताअनुसार कोभिड–१९ को पीसीआर जाँचमा पोजेटिभ देखिएका पत्रकार बिमा रकमका लागि योग्य हुनेछन् । विमा रकम प्रति पत्रकार १ लाख हुनुको साथै विमाको अवधि एक वर्षको हुनेछ । इन्सुरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पत्रकारको बिमा गरेको हो ।
बिमा रकम ठुलो नभएपनि कोरोना संक्रमण भएपछि परिवारमा आउनसक्ने आर्थिक समस्या टार्न र दैनिकी चलाउन सहजहुने प्रेस संगठनका उदयपुर.संयोजक गणेश उप्रेतीले बताए । संयोजक उप्रेतीका अनुसार प्रेस संगठनमा आवद्द ३४ जना पत्रकार, प्रेस युनियनमा आवद्द १७ र अन्य गरी कुल ५५ जनाको बिमा गरिएको छ ।
कोरोना महामारीका समयमा जोखिममा कार्यरत श्रमजिवी पत्रकारलाई बिमा कार्यक्रमले ठुलो सहयोग पुग्ने प्रेस युनियन उदयपुरका अध्यक्ष तथा पत्रकार महासंघ उदयपुरका सचिव पर्शुराम थापाले बताए । साथै बिपतको घडीमा पत्रकारको बिमा गर्न सहयोग गर्नुहुने युवा व्यवसायी प्रयास कार्कीलाई युनियनका अध्यक्ष थापाले धन्यवाद दिएकाछन् ।
बिमामा बरिष्ठ पत्रकार कौशल चेम्जोङ, नेपाल पत्रकार माहासंघ प्रदेश १ का सचिव हरि कुमार.राई, पत्रकार माहासंघ उदयपुरका पुर्व अध्यक्षहरू श्याम राई, ईश्वर कुमार तामाङ , नेपाल पत्रकार माहासंघ उदयपुरका अध्यक्ष भरत खडका, उपाध्यक्ष भोटराज राई, सह सचिव गजेन्द्र राई, बिदुर कटुवाल सहित जिल्लामा सकृय ५५ जनाको बिमा गरिएको छ ।
हिमगिरी सप्लायर्स एण्ड टे«डर्स कटारीले आर्थिक वर्ष २०७४÷७५ मा उदयपुर जिल्लामै सबैभन्दा बढी कर दालिखा गरेवापत सम्मानित भएका व्यवसायी हुन् । हिमगिरी सप्लायर्स एण्ड टे«डर्स उदयपुर जिल्लामै सबैभन्दा बढी कर दालिखा गरेवापत सम्मानित हुने फर्म हुन । विगतका वर्षहरुमा बढी कर दाखिला गरे वापत फर्म लगातार सम्मानित हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया