रामकुमारी झाक्रीको रिहाईको माग गर्दै गाईघाटमा राँके जुलुस प्रदर्शन, सरकारले दवाव थेग्न नसकेपछि प्रदर्शनकै समयमा झाक्री रिहाई
उदयपुर । सरकारले गिरफ्तार गरेकी नेकपा प्रचण्ड–माधव समूह नेतृ रामकुमारी झाँक्रिको तत्काल रिहाईको माग गर्दै गाईघाटमा राँके जुलस सहित बिरोध प्रदर्शन भएको छ । प्रचण्ड–माधव पक्षका युवा समूहले गाईघाटमा साँझ राकेँ जुलुस प्रदर्शन गरेको हो ।जनताहरुको स्वतन्त्रताको हक अधिकारका लागि बोल्दा सरकारले उल्टै गिरफ्तार गरी अन्यापूर्ण कदम चालेको भन्दै देशव्यापी रुपमा माधव–प्रचण्ड समूह, विपक्षी दल नेपाली काँग्रेस, मा...













