उदयपुरमा २८ जना निर्वाचित जनप्रतिनिधिद्वारा एमाले परित्याग (तस्विरसहित)
उदयपुर । उदयपुरमा दुई पालिका प्रमुख सहित २८ जना निर्वाचित जनप्रतिनिधिले नेकपा एमाले परित्याग गरि नेकपा एकिकृत समाजवादी पार्टी (नेकपा एस) मा सनाखत गरेका छन् । मंगलबार अन्तिम दिनसम्म दुई पालिका प्रमुख, पाँच वडाध्यक्ष, २० जना वडा सदस्य र एक जना जिल्ला समन्वय समिति सदस्यले नेकपा एसमा सनाखत गरेका छन् ।
नेकपा एसमा सनाखत गर्नेहरुमा त्रियुगा नगरपालिका मेयर तथा केन्द्रीय सदस्य बलदेव चौधरी र उदयपुरगढी गाउँ...












