उदयपुर । उदयपुरमा दुई पालिका प्रमुख सहित १७ जना जनप्रतिनिधिले नेकपा एमाले छोडेर नेकपा एकिकृत समाजवादी पार्टी (नेकपा एस) मा सनाखत गरेका छन् । सोमबार उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मान बहादुर केप्छाकी मगर सहित ११ जनाले नेकपा एमाले छोडेका छन् ।
एमाले छोडेर नेकपा एस रोज्नेमा उदयपुरगढी गाउँपालिका ७ का वडाध्यक्ष कर्णमाया मगर, उदयपुरगढी गाउँपालिका कार्य समिति सदस्य तथा प्रवक्ता थमान विश्वकर्माले पनि रहेका छन् ।
यस्तै कटारी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष सहित पाँचै जना नेकपा एसमा सनाखत गरेका छन् । सनाखत गर्नेमा वडाध्यक्ष बेग बहादुर आले मगर, वडा सदस्यहरु प्रेम बहादुर थापा मगर, दिपक थापा, गीता कुमारी सार्की र निर्मला खप्तरी मगर रहेका छन् । अर्का नेकपा एमाले छोडेर नेकपा एसमा सनाखत गर्ने कटारी नगरपालिका वडा नं. ३ का वडा सदस्य गोपाल सापकोटा रहेका छन् । यस्तै त्रियुगा नगरपालिका वडा नं. २ का वडा सदस्य श्याम नारायण चौधरीले पनि नेकपा एस रोजेका छन् ।
यत सोमबार मात्रै कटारी नगरपालिका वडा नं. ४ का वडा सदस्य हृदय विक्रम तामाङले पनि नेकपा एस रोजेको छन् ।

यस्तै आइतबार मात्रै त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी सहित ६ जनाले नेकपा एसमा सनाखत गरेका थिए । सनाखत गर्नेहरुमा त्रियुगा नगरपालिका ३ का वडाध्यक्ष अवधेश प्रसाद चौधरी, वडा नं. १३ का वडाध्यक्ष पशुपति चौधरी, वडा नं. ६ का वडा सदस्य जयराम पंजियार, वडा नं. ९ का वडा सदस्य खिल बहादुर कार्की र वडा नं. ११ का वडा सदस्य शकुन्तला विश्वकर्माले नेकपा एसमा सनाखत गरेका छन् ।
नेकपा एसका केन्द्रीय सदस्य तथा त्रियुगा नगरपालिकाका मेयर चौधरीका अनुसार मंगलबारसम्म सनाखतको म्याद रहेकाले अझै थप हुने सक्ने बताए । चौधरीका अनुसार मंगलबार अन्तिम दिन उदयपुरगढी गाउँपालिकाका थप जनप्रतिनिधि सहित चौदण्डीगढी, रौतामाई, लिम्चुङबुङ गाउँपालिकाका जनप्रतिनिधिहरुले सनाखत गर्न बाँकी रहेको पनि केन्द्रीय सदस्य चौधरीले बताए ।

सम्बन्धित समाचार

त्रियुगा नगरपालिकाका मेयर सहित ६ जना नेकपा एकिकृत समाजवादीमा सनाखत, सोमबार अझै थपिने

तपाईको प्रतिक्रिया