उदयपुरको मस्जिदमा अनुगमन, १२ भारतीय फेला, स्वाब परीक्षण गरिँदै
उदयपुर । त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा १२ जना भारतीय लुकेर बसेको पाइएको छ । चोरबाटो हुँदै लकडाउनअघि नै आएको दाबी गरे पनि स्थानीय भने लकडाउनपछि आएको बताउँदै आएका छन् । उक्त मस्जिदमा उनीहरूसँगै विराटनगर जोगवनीका चार नेपालीसमेत छन् ।
दुई दिनअघि वीरगन्जको मस्जिदमा लुकेर बसेका तीन जना मुस्लिम धर्मगुरुमा कोरोना संक्रमण देखिएपछि यहाँ पनि अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट...












