उदयपुर । जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी सहित आठ वटै पालिकाहरुलाई लकडाउनमा सहि सत्य सूचना प्रदान गर्न अनुरोध गरेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सर्वसाधारण नागरिकसम्म सही सूचना प्रवाह गरी यसबाट बच्नका लागि लिइएको उपायहरु बारे सूचना सार्वजनिक गर्न नागरिक समाजले जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक सिडियो सहित आठ वटै पालिकालाई ध्यानाकर्षण गरेको छ ।
ध्यानाकर्षण पत्रमा कोरोना नियन्त्रणका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अस्पताल एवं स्वास्थ्य सेवा प्रवाह गर्ने विभिन्न निकायहरु, स्थानीय सरकारले थालेका प्रयासहरु आदि बारे निरन्तर सर्वसाधारणलाई सूसुचित गर्न आग्रह गरेको छ । ध्यानाकर्षणपत्रमा लकडाउनमा सम्पूर्ण कामहरु ठप्प भएको र दैनिक ज्याला मजदुरी गरि जीवन निर्वाह गर्ने जनता सबैभन्दा बढि मारमा पर्ने भएको हुँदा यस्ता विपन्न वर्गहरुलाई बाँड्ने राहत प्याकेज, मापदण्ड र सहज उपलब्धता र तथ्यांक संकलनको पारदर्शिता गर्न अनुरोध गरेको छ । सबै तहका सरकार संवेदनशिल भएर मापदण्ड अनुसार कार्य अगाडी बढाउन माग गरेको छ ।
विशम् परिस्थितीमा सर्वसाधारणहरुलाई अवश्यक पर्ने दैनिक उपभोग्य सामग्री, औषधी उपचार सामग्री र अतिआवश्यकताका बस्तुहरुको सहज आपूर्ति बारेको सूचनाहरु समेत सर्वसाधारणसम्म पुग्ने किसिमले सम्प्रेशन गर्न माग गरेको छ । ध्यानाकर्ष पत्रमा सरकारहरुले चालेका कदमहरु, सेवाहरु र सेवा प्रवाह सम्बन्धी विविध पक्षका जानकारीहरु संचारका विभिन्न माध्यमहरु र संयन्त्रहरु मार्फत सार्वजनिक गर्न माग गरेको छ ।
ध्यानाकर्ष पत्रमा वेबसाइट, एप्स, सामाजिक सञ्जाल (फेसबुक पेज) लाई नियमीत रुपमा अपडेट गरि, तथा स्थानिय रेडियोको प्रयोग गरी अधिक भन्दा अधिक नागरिकमा सूचनाको पहुच अभिबृद्धि गरि सूचनाको हकलाई प्रत्याभुत गराउन बिशेष ध्यान दिन माग गरेको छ ।
(ध्यानाकर्षण पत्र सहित)

 

तपाईको प्रतिक्रिया