उदयपुरमा ९५ जना कोरोना संक्रमित थप, निषेधज्ञा खुकुलो
उदयपुर । उदयपुरमा सोमबार थप ९५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ४६ महिला सहित ९५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
संक्रमित हुनेमा सबैभन्दा बढी बेलका नगरपालिकामा ४० जना रहेका छन् । चौदण्डीगढीमा ३४ जना, त्रियुगा नगरपालिकामा १२ जना र कटारी नगरपालिकामा ७ जना र उदयपुरगढी र ताप्ली गाउँपालिकामा एक÷एक जना थप भएको छ ।
यस्तै २४ महिला र ४१ पुरुष गरी ६५ जना कोरोनामुक्त भएका छन् । अहिलेसम्म कोरो...













