उदयपुर । उदयपुरको कटारी नगरपालिकालाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गोर्खा वेल्फेयर सोसाइटीले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । गोर्खा वेल्फेयर सोसाइटीले अक्सिजन कन्सन्ट्रेटेड, अक्सोमिटर, पिपिइ लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
गोर्खा वेल्फेयर सोसाइटीका प्रतिनिधि मेघाराज लिम्बुले करिव १४ लाख बराबरको स्वास्थ्य सामग्री कटारी नगरपालिका मेयर ज्ञानेन्द्र श्रेष्ठ (काजी) लाई हस्तान्तरण गरेका छन् । कटारी नगरपालिकालाई उपलब्ध गराएको स्वास्थ्य सामग्रीले कटारी नगरपालिका क्षेत्रमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि सानो सहयोग पुग्ने बताएका छन् । ‘हामीले उपलब्ध गराएको स्वास्थ्य सामग्रीको सही सदुपयोग हुन्छ भन्ने लागेको छ,’ लिम्बुले भने, ‘विशेष गरेर स्वास्थ्य उपचारको लागि आतिआवश्यक सामानहरु उपलब्ध गराएका छौँ ।’
उक्त स्वास्थ्य सामग्री बुझदै कटारी नगरपालिका नगर प्रमुख श्रेष्ठले गोर्खा वेलफेयरलाई धन्यवाद सहित कृतज्ञाता व्यक्त गरेका थिए । ‘यस स्वास्थ्य सामग्रीको सही सदुपयोग गर्ने छौँ, कटारी नगरपालिकाका स्वास्थ्य उपचारलाई थप मझबुद बनायो सहयोग पुगेको छ ।’
कटारी नगरपालिका स्वास्थ्य शाखा संयोजक शुरेसकुमार दाहालका अनुसार अक्सिजन कन्सन्ट्रेटेड पाँच थान, पिपी थान दुईसय थान, अक्सोमिटर १५ थान गोर्खा वेल्फेयरले सहयोग गरेको छ ।
कटारी नगरपालिकामा कोरोना संक्रमितको संख्या १६५ पुगेको छ । जसमा १२८ जना कोरोनामुक्त भएका छन् । ३३ जनाको उपचार हुँदैछ भने दुई महिला दुई पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।