बेलकालाई राष्ट्रिय पर्यटन गन्तव्य बनाउने आधार तयार
सुखिलाल चौधरी/ उदयपुर । उदयपुरको बेलका नगरपालिकामा पहिलो पटक आयोजना गरिएको ‘प्रथम बेलका पर्यटन महोत्सव २०८३’ भव्य र उत्साहजनक रूपमा सम्पन्न भएको छ । नयाँ वर्ष २०८३ को स्वागतसँगै वैशाख १ गतेदेखि ६ गतेसम्म सञ्चालन भएको महोत्सवले बेलकाको पर्यटन सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउने महत्वपूर्ण अवसर सिर्जना गरेको आयोजकले जनाएको छ ।
आन्तरिक पर्यटन प्रवद्र्धन, स्थानीय स्रोत–साधनको परिचय र धार्मिक तथा प्...













