प्रदेश १ का चार राज्यमन्त्रीद्वारा सपथ
विराटनगर । प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले आइतबार प्रदेश सरकारमा चार जनालाई राज्यमन्त्रीमा नियुक्त गरेका छन् । मुख्यमन्त्री शेरधन राईले नेपालको संविधानको राधा १६८ को उपधारा ९ बमोजिम सिफारिस गरेपछि प्यासीले राज्यमन्त्री नियुक्त गरेका हुन् ।
इलामका रामबहादुर राना मगरलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री, ओखलढुंगाका अम्बिरबाबु गुरुङलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री, झापाक...













