उदयपुर । नेत्र विक्रम चन्द विप्लव निकट नेकपाका उदयपुरका दुई कार्यकर्ताले पार्टी त्याग गरेको घोषणा गरेको छ । उनीहरुले विज्ञप्ती जारी गर्दै पार्टी परित्याग गरेको हो ।
पार्टी परित्याग गर्नेमा आक्रोस भन्ने तिलक तामाङ र सिद्धान्त भन्ने नईन्द्र राई रहेका छन् । उनीहरुले छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै विगतमा नेकपा आवद्ध भएपनि अव उपरान्त त्यस पार्टीको कुनै पनि सदस्य वा कुनै कमिटीमा नरहने जनाएको छ ।
तामाङ हाल जिल्ला कारागार उदयपुरको थुनुवाको रुपमा रहेका छन् ।









