जनकपुर । सरकारले भोलि माघ ५ गते सार्वजनिक बिदा दिने भएको छ ।
प्रदेश २ सरकारले बलिदानी दिवसको रुपमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
२०६३ माघ ५ गते मधेश आन्दोलन शुरु भएको दिन रमेश महतोको लहानमा ज्यान गएको थियो । यसै दिनलाई मधेश आन्दोलनमा भएको बलिदानी दिवसको रुपमा गत दुई वर्षदेखि प्रदेश २ सरकारले मनाउँदै आएको छ ।
बलिदानी दिवसको रुपमा वीरगञ्जमा विशेष कार्यक्रम गर्ने प्रदेश २ सरकारले तयारी गरेको जनाइएको छ ।









