यस्तो छ भारतले नेपाली भूमिमा निर्माण गरेको विवादित सडक : किन सरकारले देखेन (तस्विरमा)

यस्तो छ भारतले नेपाली भूमिमा निर्माण गरेको विवादित सडक : किन सरकारले देखेन (तस्विरमा)
दार्चुला । भारतले नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी सडक निर्माण गरेपछि नेपालमा यसको चर्को विरोध भएको छ । भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरु भई नेपालको कालापानी लिपुलेक हुँदै मानसरोवर जोड्ने गरी भारतले ७८ किलोमिटर लामो सडक निर्माण गरेको हो । उक्त सडकको शुक्रबार उद्घाटन समेत गरिएको छ । सडक नेपालको कालापानी, लिपुलेक र नावीढाँग क्षेत्रमा पर्ने भए पनि भारतले एकलौटी ढंगल...

भारतले लिपुलेकमा सडक बनाएकोमा नेपाल सरकारको गम्भीर आपत्ति

भारतले लिपुलेकमा सडक बनाएकोमा नेपाल सरकारको गम्भीर आपत्ति
काठमाडौँ । भारतले नेपाली भूमि लिपुलेक–कालापानीमा सडक ट्रयाकको उद्घाटन गरेकोप्रति नेपाल सरकारले गम्भीर आपत्ति जनाएको छ । परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरेर भारतले नेपाली भूमि लिपुलेकमा शनिबार बाटो उद्घाटन गरेको जानकारी भएको भन्दै त्यसप्रति कडा आपत्ति जनाएको छ । सुगौली सन्धि अनुसार लिम्पियाधुरा, कालापानी, लिपुलेकसहित महाकाली नदी पूर्वको भूभाग नेपालको रहेको विज्ञप्तिमा उल्लेख छ । परर...

त्रियुगा नगरपालिकाले २ सय अतिविपन्नका लागि काठमाडौं पठायो राहत सामग्री

त्रियुगा नगरपालिकाले २ सय अतिविपन्नका लागि काठमाडौं पठायो राहत सामग्री
उदयपुर । काठमाडौं उपत्यकामा रहेका दुई सय ज्यालादारी मजदुरी गर्ने अतिविपन्न वर्गका लागि राहत पठाएको छ । लकडाउन भएपछि काठमडौंमा ज्यालादारी गर्ने अतिविपन्न परिवार घर आउन नपाएपछि नगर क्षेत्रमा बसोबास गर्नेहरुको लागि शनिबार राहत पठाईएको हो । काठमाडौंमा रहेका त्रियुगा नगर समन्वय समितिमार्फत ज्यालादारी अतिविपन्न दुई सय जनालाई राहत वितरण गर्ने त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए । चामल, दाल, नून,...

सहि सत्य नबोल्दा भुल्केमा भुषको आगो झै कोरोना संक्रमण फैलियो

सहि सत्य  नबोल्दा भुल्केमा भुषको आगो झै कोरोना संक्रमण फैलियो
उदयपुर । कोरोना संक्रमित क्षेत्र उदयपुरको त्रियुगा नगरपालिका ३ मा कोरोना संक्रमित समुदायका व्यक्तिहरु सहि सत्य  नबोल्दा संक्रमितको संख्या बढेको रहस्य पत्ता लागेको छ । माघ फागुनमै संक्रमित देशबाट आएका वा शंका लागेका व्यक्ति स्वास्थ्य संस्थामा सम्पर्क गर्न वा सम्बन्धित वडा कार्यालयमा जानकारी गराउन त्रियुगा नगरपालिकाले सूचना प्रवाह गरेपनि संक्रमित समुदायले सहि सूचना नदिँदा भुल्केमा संक्रमितको संख्या ...

२१२ सांसदको कोरोना रिपोर्ट नेगेटिभ

२१२ सांसदको कोरोना रिपोर्ट नेगेटिभ
काठमाडौं । संघीय (संसद प्रतिनिधिसभा र राष्ट्रियसभा) का सांसद् तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले बिहीबार परीक्षण गराएका सबै ४३४ को रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । तीमध्ये २१२ सांसद र बाँकी संसद् सचिवालयका कर्मचारी हुन् । उनीहरु सबैको संसद् भवन नयाँ बानेश्व...

लकडाउन अवधिको बैंकको व्याज र घरभाडा मिनाहा गरिदिन उद्योगी व्यवसायीको आग्रह

लकडाउन अवधिको बैंकको व्याज र घरभाडा मिनाहा गरिदिन उद्योगी व्यवसायीको आग्रह
उदयपुर । व्यपार व्यसाय गर्न बैंक तथा वित्तिय संस्थाबाट लिइएको ऋणको व्याज तथा हर्जना मिनाहा गरिदिन हुन उदयपुरका व्यवसायीहरुले माग गरेका छन् । त्रियुगा नगरपालिकाले चालु आर्थिक वर्षमा चैतदेखि असारसम्मको घरबहाल कर, व्यसायी कर तथा अटो, टेम्पो र रिक्सा चालकलाई पार्किङ शुल्क नलिने घोषणा गरेसँगै उदयपुरका व्यपार, व्यवसायी संघ संस्थाले यस्तो प्रतिक्रिया जनाउन थालेका छन् । त्रियुगा नगरपालिकाद्वारा विसम्...

त्रियुगा नगरपालिकाद्वारा विसम् परिस्थितिमा व्यवसायी र घर बहाल करमा छुटको घोषणा (भिडियो सहित)

त्रियुगा नगरपालिकाद्वारा विसम् परिस्थितिमा व्यवसायी र घर बहाल करमा छुटको घोषणा (भिडियो सहित)
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले ब्यवसायीहरुलाई विभिन्न शिर्षकको करमा छुट दिने घोषणा गरेको छ । कोरोना भाइरस (कोभिड १९) को कारण लकडाउन भई रहेको अबस्थामा यहाँका ब्यापार ब्यवसायहरु सञ्चालन हुन नसक्दा समस्या परेकाले उनीहरुलाई नगरपालिकाले छुट दिने घोषणा गरेको हो । त्रियुगा नगरपालिका ३ भुल्केका २८ जनामा संक्रमित देखिएपछि कोरोनाको केन्द्रबिन्दु बन्न पुगेपछि सिंगो नगरपालिका आतंकित हुन पुगेको भन्दै न...

लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय
काठमाडौं । सरकारले मुलुकमा जारी रहेको लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकमा लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरिएको हो । यसअघि जारी गरेको लकडाउन बैशाख २५ गते (भोलि) राति १२ बजेसम्म कायम रहनेछ । लकडाउनकै बीच यतिबेला नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।

नोवेल अस्पतालले बाँच्न पाउने नैसर्गिक अधिकार हनन गर्यो, कार्बाहीको माग

नोवेल अस्पतालले बाँच्न पाउने नैसर्गिक अधिकार हनन गर्यो, कार्बाहीको माग
उदयपुर । बिराटनगर स्थित नोवेल शिक्षण अस्पतालले नागरिकको बाँच्न पाउने नैसर्गिक र संवैधानिक अधिकारको साथै मानव अधिकारको हनन गरेको भन्दै उदयपुरबासी आक्रोशित भएको छ । आइतबार त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, प्रदेश सांसदद्वय विमल कार्की र नारायण बुर्जामगर र नेपाल पत्रकार महासंघ उदयपुर शाखा अध्यक्ष भरत खड्काद्वारा जारी संयुक्त प्रेस विज्ञप्तीमा नोवेल शिक्षण अस्पतालले उदयपुर भएकै कारण गर्भवत्ती महि...

त्रियुगा नगर प्रमुखको घोषणा : प्रत्येक मजदुरलाई निःशुल्क बैंक खाता खोलि दिने (भिडियोसहित)

त्रियुगा नगर प्रमुखको घोषणा : प्रत्येक मजदुरलाई निःशुल्क बैंक खाता खोलि दिने (भिडियोसहित)
उदयपुर । १३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रमिकहरुको लागि त्रियुगा नगरपालिकाले विशेष राहत प्याकेज घोषणा गरेको छ । त्रियुगा नगरभित्रका मजदुरहरुलाई लक्षित गरी निःशुल्क खाता खोली दिने घोषणा गरेको छ । ‘एक श्रमिक एक निःशुल्क खाता, विपद्का बेला हामी छौँ साथ’ भन्ने नाराका साथ विशेष राहत प्याकेजको घोषणा गरेको मेयर बलदेव चौधरीले बताए । विशेष राहत प्याकेज घोषणा गर्दै भनेको छ, “विश्वव्यापीरुपमा ...