उदयपुर । १३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रमिकहरुको लागि त्रियुगा नगरपालिकाले विशेष राहत प्याकेज घोषणा गरेको छ । त्रियुगा नगरभित्रका मजदुरहरुलाई लक्षित गरी निःशुल्क खाता खोली दिने घोषणा गरेको छ ।
‘एक श्रमिक एक निःशुल्क खाता, विपद्का बेला हामी छौँ साथ’ भन्ने नाराका साथ विशेष राहत प्याकेजको घोषणा गरेको मेयर बलदेव चौधरीले बताए । विशेष राहत प्याकेज घोषणा गर्दै भनेको छ, “विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको महामारीले सबैभन्दा ठुलो क्षति श्रमिक वर्गमा परेको छ । यस्तो बेलामा स्थानिय सरकारको हैसियतले नगरभित्रका श्रमिकहरुको थप टेवा दिन निःशुल्क बैंक खाता सञ्चालनमा ल्याउने घोषणा गर्दछौँ ।”

131औ अन्तरास्ट्रिय श्रमिक दिवसको अबसरमा त्रियुगा नगर प्रमुख यसो भन्नू हुन्छ…..

Gepostet von त्रि.न.पा. गतिबिधि am Freitag, 1. Mai 2020

यस कार्यक्रम अन्र्तगत प्रत्येक मजदुरको नाममा त्रियुगा नगरपालिकाले एक सय रुपियाँ बराबरको बैंक खाता खोलिदिने भएको छ । त्रियुगा नगरभित्र कार्यरत असंगठनित मजदुरहरु (डकर्मी, सिकर्मी, सबै किसिमका चालक, कृषी मजदुर, ठेलागाडा, रिक्सा चालकलगायत सबै क्षेत्रका ज्यालादारी तथा करारमा रहेका मजदुरहरु) को लागि राहत प्याकेज रहेको त्रियुगा नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार नेपाल सरकारले घोषणा गरेको एक नेपाली एक बैंक खाता कार्यक्रमको एक सय रुपियाँ थप गरि जम्मा दुई सय रुपैयाँको पूँजी भएको निःशुल्क बैंक खाता सञ्चालन हुनेछ । यसले कोभिड १९ जस्ता प्रकोप उत्पन्न र घरेलु समस्याहरुमा केही राहत मिल्नुको साथै श्रमिकहरु पनि बचत गर्न प्रेरित गर्ने उद्देश्यले निःशुल्क खाता खोली दिने घोषणा गरेका हुन् ।
यसअघि दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने मजदुरहरुलाई सम्बन्धित वडा कार्यालयमार्फत राहत पनि वितरण भईरहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया